लीलाराज झापाली /
कनकाई नगरपालिकाको स्थानिय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
जम्मा १९ हजार २ सय २ मतसङ्ख्याको गणना हुनुपर्नेमा हालसम्म ७५ प्रतिशत भन्दा वढीको मतगणना सम्पन्न भईसकेको छ । जसमा वार्डनम्बर १ , २ र ८ नम्बर वार्डमा प्यानलसहित एमाले विजय हुदाँ ९ नम्बर वार्डमा एक सदस्य वाहेक नेपाली कांग्रेसले जितेर खाता खोलीसकेको छ ।
कनकाई नगरमा हालसम्म १४ हजार १ सय १२ मत गणनाहुदा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेलले ६ हजार १ सय ६९ मत ल्याएर अग्रस्थानमा सुरुदेखिनै रहनुभएको छ भने उहाँलाई नेपाली कांग्रेसका मेयरका उम्मेद्धार एकराज उप्रेतीले ४५८१ मत ल्याएर पछ्याईरहनुभएको छ ।
पोखरेलले उप्रेतीलाई १५८८ मतको फराकिलो मतअन्तरले पछाडि पार्नुभएको छ । यसैगरी उपमेयरमा समेत एमालेकी उम्मेद्धार मन्जुप्रसाईले ६ हजार २ सय २८ मत ल्याउदा कांग्रेसकी उपमेयरकी उम्मेद्धार कविता वस्नेतले मात्र ४९६२ मत ल्याउनुभएको छ । उपमेयरमा समेत १२६६ मतले मन्जु अगाडि रहनुभएको छ ।
यसैगरी यी दुइवाहेक कनकाईमा अरु सवै मेयर र उपमेयरका उम्मेद्धारको जमानत जफतको मत सङ्खया आउदा यसलाई सबैले चासो र सरोकारका दृष्टिले हेरेका छन् । जवकि नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले कम्युनिस्ट तथा स्वतन्त्रविचको मत काटाकाट हुँदा कांग्रेसका उम्मेद्धारले जित हासिल गर्ने अड्कल राखेपनि अरु सबै उम्मेद्धारहरु कनकाईमा औपचारिकतामात्रैमा सिमित रहदा नतिजामा फरक परेको बुझाई रहेको छ।
यी दल बाहेक कनकाईमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका भीमप्रसाद अधिकारीले मात्रै ६१९ मत ल्याउन सफल हुनुभएको छ । बाकी मेयरका उम्मेद्धार माओवादी केन्द्रका गोपाल चुडालले ४३५ तथा उपमेयरकी उम्मेद्धार शान्ता अधिकारीले ५९९ मत राप्रपाका मेयरका उम्मेद्धार केदार गिरीले २४३ तथा उपमेयरकी उम्मेद्धार चित्रा श्रेष्ठले ४०६ मत यसैगरी घरमा ६५ मत तथा नेकपा मालेका मेयरका उम्मेद्धार प्रेम दाहालको ३१ मत आउदा स्वतन्त्र दुई उपमेयरका उम्मेद्धार धर्मलाल राजवंशीले ६१९ तथा हरिभक्त संग्रौलाले १३ मत ल्याउनुभयो ।
वार्ड नम्बर ३ मा रुद्र ४४५ मतले अघि
कनकाईको मुटु मानिने ३ नम्बर वार्डमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले आफ्नो अग्रस्थान कायम राख्दै कनकाईमा द्रोस्रो काग्रेसबाट वार्डअध्यक्ष बन्ने सम्भावना देखाउनुभएको छ ।
कनकाईमा यो समाचार तयार पार्दासम्म जम्मा ३२०० मत गणना भइसकेको र १ हजार ९ मत गन्न बाकी रहेको छ । जसमा चिमरियाले जम्मा १५८४ मत ल्याउनुभएको छ ।
उहाँका प्रतिद्धन्द्धी एमालेका खेमनाथ मिश्रले ११३९ मत माओवादी केन्द्रका भक्ति पाठकले ८९ मत , राप्रपाका नारायण पोखरेलले ८१ मत तथा स्वतन्त्रका उम्मेद्धार सचिन लामाले ८६ मत ल्याउनुभएको छ ।
५ नम्बरमा राई अगाडि
कनकाई ५ मा जम्मा १४०० मत गणना हुदा एमालेका कृष्ण राईले २२७ मतले कांग्रेसका रमेश दाहाललाई लिड गरिरहनुभएको छ । एमालेका राईले जम्मा ७२९ मत पाउदा दाहालले ५०२ मत ल्याउनुभएको छ । ५ नम्बरमा माओवादी केन्द्रका प्रेम ओलीले ५६ मत र राप्रपाले २२ मत ल्याएको छ ।
४ नम्बरमा १२२ मतले एमाले अगाडि
कनकाईको ५ नम्बरमा नेकपा एमालेका गोविन्द पौडेलले १२२ मतले कांग्रेसका कमल दाहाललाई पछाडि पार्नु भएको छ । कुल १८०० मतको गणना हुदा पौडेलले ६८८ मत तथा दाहालले ५६६ मत ल्याउनुभएको छ । ४ मा माओवादी केन्द्रका गोविन्द चापाँगाईले १२२ मत तथा स्वतन्त्र उठेका देवेन्द्र कार्कीले १११ मत ल्याउनुभएको छ । कनकाई ४ मा जम्मा २४०८ मत खसेको थियो ।
पोखरेलले उप्रेतीलाई १५८८ मतको फराकिलो मतअन्तरले पछाडि पार्नुभएको छ । यसैगरी उपमेयरमा समेत एमालेकी उम्मेद्धार मन्जुप्रसाईले ६ हजार २ सय २८ मत ल्याउदा कांग्रेसकी उपमेयरकी उम्मेद्धार कविता वस्नेतले मात्र ४९६२ मत ल्याउनुभएको छ । उपमेयरमा समेत १२६६ मतले मन्जु अगाडि रहनुभएको छ ।