Kanakai Online

झापामा पुन मतगणनाले परिणाममा ढिलाई


आइतवार, असार १८, २०७४ |

 
लीलाराज झापाली
सुरुङ्गा , असार १८ गते । झापाका अधिकांस स्थानीय तहको मतगणनामा विवाद भएर पुन मतगणना गरिदा मतपरिणाम आउनमा ढिलाई भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकाको १ नम्बर वार्डमा मतपत्रको सङ्ख्या भन्दा उम्मेद्धारले पाएको मतसङ्ख्या वढी भएको भन्दै १८ घण्टा मतगणना रोकिएको थियो । वार्डनम्बर ७ मा माओवादी केन्द्रका मात्रिका पौडेल विजयी बनेका थिए । बुद्धशान्तिमा ७ नम्बर पछि १ नम्बरमा मतगणना थालिएको थियो , जम्मा २६५० मतसङ्ख्या गन्नुपर्नेमा सो वार्डको ११५० मत गनिसकेपछि मतसङ्ख्या भन्दा वढी उम्मद्धारले पाएको भन्दै विवाद भएपछि सो वार्डमा पुन मतगणना थालिएको छ ।
जसले गर्दा मतगणना थालिएको ५ दिनसम्ममा हालसम्म एउटा वार्डको मात्रै निर्णय भएको छ । यहि हिसावले मतगणना गर्दै जाने हो भने अझ १० दिन सम्म मतगणाकै लागि लाग्ने स्थानीय संचारकर्मी अनिल वाग्ले वताउँनुहुन्छ । वुद्धशान्ति गाउँपालिकामा जम्मा२६७१६ मत मध्ये १९ हजार ७ सय २४ जनाले मतदान गरेका थिए ।
हालसम्म ३ हजार २ सय ९४ मतसङ्ख्या गणना गरिएको छ ।
यता दमक नगरपालिकामा समेत वार्डनम्बर १ मा दुई उम्मेद्धार नेकपा एमालेका वार्डअध्यक्षका उम्मेद्धार हरिप्रसाद न्यौपाने र राप्रपाका उम्मेद्धार तारा अधिकारीविच समान ८०१ मत आएको परिणाम वाहिर आएपछि त्यहाँका मतगणनामा रहने प्रतिनिधिले राप्रपाका उम्मेद्धारले वढी मत आएको भन्दै विरोध गरेका थिए ।
दमकमा समेत लामो विवाद र मतगणना स्थगनपछि पुन ःमत गणना गरिएको थियो । जसमा राप्रपाका उम्मेद्धार तारा सुवेदीले ८०७ मतले विजयी हुनुभएको थियो । सो घटनापछि मतगणनाको विश्वनियतामाथि समेत कतिपय दलका कार्यकताले प्रश्न गर्नुभएको थियो ।
यसैगरी दक्षिणी झापाको गौरीगंज गाउँपालिकामा समेत वार्डनम्बर १ र २ को मतपरिणाम सार्वजनिक गर्दा वढी सङ्ख्या भनेर पछि घटाएको भन्दै वाहिर रहेका माओवादी केन्द्रका कार्यकर्ताले नारावाजी गरेपछि २४ घण्टा मतगणना स्थगन गरिएको थियो ।
सो दुई वार्डको मत सार्वजनिक गर्दा मतसार्वजनिक वढी मतको परिणाम सार्वजनिक गरिएको थियो जसले गर्दा १ हजार ४ सय ३० वटा गन्ती गरिसकेको मतलाई पुन गणना गरिएको थियो । जम्मा १५ हजार ५ सय २० मतगणना गर्नुपर्ने गौरीगंज गाउँपालिकामा हालसम्म ५ हजार मतसमेत गणना भएको छैन ् । गौरीगंज गाउँपालिकामा हालसम्म माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।
झापाको झापा गाउँपालिकामा समेत धेरै मतपत्रमा औँठाछाप लगाउदाको मसी मतपत्रमा हातले समाउदा लागेको पाइएपछि सो मतपत्रलाई वदर मान्ने कि सदर भन्ने विषयमा लामो समय विवाद भएपछि मतगणनानै स्थगन गर्नु परेको थियो । पछि अन्जानवश मतपत्रमा मसी लागेको भेटिएमा त्यस्ता मतपत्रलाई सदर मान्ने निर्णयपछि मात्रै मतगणना सुचारु गरिएको थियो ।
 
दमकमा समेत लामो विवाद र मतगणना स्थगनपछि पुन ःमत गणना गरिएको थियो । जसमा राप्रपाका उम्मेद्धार तारा सुवेदीले ८०७ मतले विजयी हुनुभएको थियो । सो घटनापछि मतगणनाको विश्वनियतामाथि समेत कतिपय दलका कार्यकताले प्रश्न गर्नुभएको थियो ।
 
फोटो ः बुद्धशान्ति गाउँपालिकामा विवादपछि पुन ः मतगणना गरिदैँ ः लीलाराज झापाली