कनकाई संवाददाता
कनकाई नगरपालिकामा एमालेले एकपछि अर्कौवाड जित्ने क्रममा २ नम्बर वार्डको नतिजासमेत पुरै सेटमा जित हासिल गरेको छ । एमालेका परशुराम गिरीले ७३४ मतका साथ वार्डअध्यक्ष जित्नुभएको छ ।
उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अर्जुन राईले ५४५ मत ल्याउनुभयो । परशुरामले राईलाई १८९ मतअन्तरले पराजित गर्नुभएको हो । यसैगरी माओवादी केन्द्रका गंम्भीरबहादुर राईले ३९० मत ल्याउनुभएको छ ।
राप्रप्राका वडाअध्यक्षका उम्मेद्धार खडानन्द वरालले २२ मत ल्याउदा नेकपा मालेका श्रीप्रसाद खरेलले ६८ मत ल्याउनुभयो । यसैगरी एमालेका तर्फबाट २ सदस्य घनश्याम मैनाली र वलराम राई , महिला सदस्य नरादेवि मगर र दलित सदस्य राधाकुमारी विश्वकर्मा सेटनै विजयी हुनुभएको छ । विजयी सवैले विजय र्यालीका साथ आफ्नो वार्ड परिक्रमा गरेका थिए ।
यसैगरी कनकाई नगरमा अहिलेसम्म ८०४९ मत गणना भइसक्दा मेयरमा एमालेका राजेन्द्रकुमार पोखरेलले ३६७६ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने नेपाली कांग्रेसका एकराज उप्रेतीले २८१० मतले पछ्याईरहनुभएको छ । राजेन्द्रले एकराजभन्दा ८०० मतले लिड गरिरहनुभएको छ ।
यसैगरी उपमेयरमा समेत एमालेकी मन्जु प्रसाई ३५१६ मतका साथ अग्रस्थानमा रहदा उहाँलाई कांग्रेसकी कविता वस्नेतले २८७५ मतका साथ पछ्याईरहनुभएको छ ।
प्रसाई समेत वस्नेतभन्दा ६४१ मतले अगाडि रहनुभएको छ । यसैगरी तेस्रो नम्बरमा स्वतन्त्र उम्मेद्धार भीमप्रसाद अधिकारीले ५४० मत ल्याउनुभएको छ भने उहाकै उपमेयरले ३३९ मत ल्याउनुभएको छ ।
माओवादी केन्द्रका मेयर पदका उम्मेद्धार गोपाल चुडाल तथा उपमेयकी उम्मेद्धार शान्ता अधिकारी झाले २४९ र ३२१ मत ल्याउनुभएको छ । राप्रपाका मेयर केदार गिरी र उपमेयर चित्रा श्रेष्ठलेसमेत १४८ र २५९ मत ल्याउनुभएको छ ।
नेकपा मालेका प्रेम दाहालले १९ र संघिय लोकतान्त्रिक मंचले ४७ मत ल्याएको छ । यसअघि कनकाई १ मा एमाले र ९ मा कांग्रेसले जित हात पारिसकेको छ ।
यसैगरी कनकाई नगरमा अहिलेसम्म ८०४९ मत गणना भइसक्दा मेयरमा एमालेका राजेन्द्रकुमार पोखरेलले ३६७६ मतका साथ अग्रस्थानमा रहनुभएको छ भने नेपाली कांग्रेसका एकराज उप्रेतीले २८१० मतले पछ्याईरहनुभएको छ । राजेन्द्रले एकराजभन्दा ८०० मतले लिड गरिरहनुभएको छ ।