Kanakai Online

कनकाईमा मेयर उपमेयर एमाले जितको नजिक


शनिवार, असार १७, २०७४ |

 
कनकाई अनलाईन
कनकाई नगरपालिकामा मेयर र उपमेयरका दुवै उम्मेद्धारहरु नेकपा एमालेले जित्ने निश्चित भएको छ ।
कनकाई नगरपालिकाको पहिलो मतपेटिका खोलिएदेखिनै एमालेका मेयरका उम्मेद्धार राजेन्द्र पोखरेल र उपमेयरमा एमालेकी उम्मेद्धार मन्जुदेवि प्रसाईले लिड गरिरहनुभएको छ । हालसम्म जम्मा ७२३९ मत परिणाममा एमालेका मेयरका उम्मेद्धार पोखरेलले जम्मा ३२९९ मत पाउनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेद्धार एकराज उप्रेतीलले २५४७ मत ल्याएर पछ्याई रहनुभएको छ ।
 
हालसम्म वार्डनम्बर १ मा एमालेका रोशनराज पोखरेल र ९ मा कांग्रेसका प्रेम राजवंशीले जित हासिल गरिसक्नु भएको छ । मत गणना भइरहेका ३ वार्डमध्ये २ र ८ मा एमाले र ३ मा कांग्रेसका रुद्र प्रसाद चिमारियाले लिड गरिरहनुभएको छ । २ नम्बर वार्डको केहि घण्टामा निर्णयक मतगणना सार्वजनिक गरिने समेत जनाइएको छ ।
मेयरपदमा एमालेले ७५३ मतले लिड गरिरहेको अवस्था रहेको छ । उपमेयरमा समेत नेकपा एमालेकी उम्मेद्धार मन्जुप्रसाईले ३१४४ मत ल्याउनुभएको छ भने उहाँको निकटम प्रतिद्धन्द्धी कांग्रेसकी कविता बस्नेतले २६०५ मत ल्याएर पछ्याईरहनुभएको छ ।
कनकाईमा यी दुई पार्टी वाहेक अरुको हालसम्मको मत परिणाम जमानत जफतकै स्थितिमा रहेको छ । माओवादी केन्द्रका मेयर पदका उम्मेद्धार गोपाल चुडालको जम्मा २१४ मत , राप्रपाका मेयर पदका उम्मेद्धार केदार गिरीको जम्मा १३५ मत , नेकपा मालेका प्रेम दाहालको जम्मा १९ मत , संघिय लोकतान्त्रिक राष्ट्रिय मंचको ३७ मत ,र स्वतन्त्रका उम्मेद्धार भीमप्रसाद अधिकारीको जम्मा ४९५ मत आएको छ ।
यसैगरी उपमेयरमा माओवादी केन्द्रकी शान्ता अधिकारी झाको २८४ मत , राप्रपाकी चित्रा श्रेष्ठको२३६ मत , स्वतन्त्रका उम्मेद्धार धर्मलाल राजवंशीको ३३२ मत आएको छ ।
यसैगरी वार्डनम्बर ३ मा जम्मा १२०० मत गणना हुदा नेपाली कांग्रेका वडाअध्यका उम्मेद्धार रुद्रप्रसाद चिमरियाले ६२१ मतले लिड गरिरहनु छ भने नेकपा एमालेका वडाअध्यक्षका उम्मेद्धार खेमनाथ मिश्रले ४१३ मत ल्याएर पछ्याईरहनुभएको छ ।
यसैगरी माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्धार भक्ति पाठकले २५ र राप्रपाका वडाअध्यक्षका उम्मेद्धार नारायणप्रसाद पोखरेलले जम्मा ३० मत ल्याउनुभएको छ ।
यसैगरी २ नम्बर वार्डमा जम्मा १६०० मत गणना हुदा नेकपा एमालेका वार्डअध्यक्षका उम्मेद्धार परशुराम गिरीले ६११ मत ल्याएर लिड गरिरहनुभएको छ उहाँलाई कांग्रेसका उम्मेद्धार अर्जुन राईले ४५१ मत ल्याएर पछ्याईरहनुभएको छ ।
यसैगरी माओवादी केन्द्रका गम्भीरबहादुर राईले ३३७ मत ल्याएर पछ्याईरहनुभएको छ । राप्रप्राका खडानन्द वरालले १७ र नेकपा मालेका श्रीप्रसाद खरेलले जम्मा ६४ मत ल्याउनुभएको छ ।
यसैगरी वाड नम्बर ८ मा नेकपा एमालेका प्रेमबहादुर कटुवालले ४१२ मत ल्याएर लिड गरिरहदा कांग्रेसका वार्डअध्यक्षका उम्मेद्धार दुर्गापराजुलीले ३७५ मत , माओवादी केन्द्रका तुलसीराम कालिकोटेको ३२ र राप्रपाका चेतन प्रसाद सिटौलाले १३ मत ल्याउनुभएको छ ।
हालसम्म वार्डनम्बर १ मा एमालेका रोशनराज पोखरेल र ९ मा कांग्रेसका प्रेम राजवंशीले जित हासिल गरिसक्नु भएको छ । मत गणना भइरहेका ३ वार्डमध्ये २ र ८ मा एमाले र ३ मा कांग्रेसका रुद्र प्रसाद चिमारियाले लिड गरिरहनुभएको छ । २ नम्बर वार्डको केहि घण्टामा निर्णयक मतगणना सार्वजनिक गरिने समेत जनाइएको छ ।