Kanakai Online

कनकाई ९ मा कांग्रेस विजयी


शुक्रवार, असार १६, २०७४ |

 
कनकाई संवाददाता
कनकाई नगरपालिकाको निर्वाचन परिणाम रोचक बन्दै गईरहेको छ ।
आज दिउसोमात्रै १ नम्बर वार्डमा नेकपा एमालेले पुरै प्यानलनै विजय गरेको ६ घण्टा वित्न नपाउदै कांग्रेसले ९ नम्बर वार्डमा एक सदस्य वाहेक वार्डअध्यक्ष र अन्य ३ सदस्य सहित जम्मा ४ सदस्यमा आफ्नो पार्टीको जित निकालेर एमालेलाई टक्कर दिएको छ । काग्रेसका ९ नम्बरका वार्डअध्यक्षका उम्मेद्धार प्रेम राजवंशीले ८४५ मत ल्याएर विजयी हुदा एमालेका उम्मेद्धार चुवालाल राजवंशीले ५२१ मत ल्याएका छन् ।
प्रेमले चुवालाललाई ३२४ मतले पराजित गरेका हुन् । यसैगरी माओवादी केन्द्रका अजित कायस्थले जम्मा ८५ मत ल्याउदा राप्रपाका वार्डअध्यक्षका उम्मेद्धार गंगा थापाले १५८ मत ल्याए ।
यसैगरी शुक्रवार वेलुकी ७ वजेसम्मको मतगणनाअनुसार नेकपा एमालेका उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले १९१५ मतकासाथ लिड गरिरहदा कांग्रेसका एकराज उप्रेतीले १४८५ मत ल्याएर पछ्याई रहनुभएको छ । यसैगरी स्वतन्त्र उम्मेद्धार भीमप्रसाद अधिकारीले १३५ मत ल्याउनुभएको छ भने माओवादी केन्द्रका गोपाल चुडालले १२० मत ल्याउनु भएको छ ।
राप्रपाका केदार गिरीले ७९ मत र मालेका प्रेम दाहालले ८ मत यसैगरी संघिय लोकतान्त्रिक मंचका हाङ्गबीर राईले १५ मत ल्याउनुभएको छ ।
उपमेयरमा एमालेकी मन्जुप्रसाईले १७६७ मत काग्रेसकी कविता वस्नेतको १४६५ , माओवादी केन्द्रकी शान्ता अधिकारी झाको १६३ मत , राप्रपाकी चित्रा श्रेष्ठको १२७ मत आएको छ । यसैगरी स्वतन्त्र उठेका धर्मलाल राजवंशीको २५९ मत आएको छ ।