Kanakai Online

कनकाई नगरपालिकामा एमालेले खाता खोल्यो कांग्रेस बाहेक अरुको जमानत जफत


शुक्रवार, असार १६, २०७४ |

कनकाई अनलाईन
नेकपा एमालेले कनकाई नगरपालिकाको १ नम्बर वार्डमा पुरै प्यानलै विजयी भएको छ ।
आज विहान गनिसकिएको मतपरिणाम अनुसार कांग्रेसका वडाअध्यक्षका उम्मेद्धार रोशनराज पोखरेलले ८७९ मत ल्याउदै वडाअध्यक्षमा विजयी भए । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसक संम्भु खड्काले ६१० मत मात्र ल्याए । पोखरेलले कांग्रेसका उम्मेद्धार खड्कालाई २७७ मत अन्तरले हराएका हुन ।
१ नम्बर वार्डमा अन्य वार्ड अध्यक्षका उम्मेद्धार माओवादी केन्द्रका हरिबहादुर राउत (७३) जमानत जफत र राप्रप्राका उम्मेद्धार विष्णु ओली २१३ मत ल्याए ।
यसैगरी एमालेका वार्डसदस्य पदका उम्मेद्धार देविप्रसाद अधिकारी ७९६ मत पुन्यहरि चौधरी ६७९ मत ल्याएर विजयी भए । महिला सदस्यमा एमालेकी सिता अधिकारी ८५४ मत ल्याएर विजयी भईन , भने दलित सदस्यमा एमालेकी गरिमा दर्जी ८२४ मत ल्याएर विजयी भईन ।
यसैगरी मेयर र उपमेयरमा समेत एमालेका राजेन्द्रकुमार पोखरेल र मन्जु प्रसाईले अग्रता हासिल गर्नुभएएको छ । जम्मा २९०४ मत गनिसक्दा मेयरमा एमालेका राजेन्द्रकुमार पोखरेलले १४४० मत ल्याउनुभएको छ भने कांग्रेसका मेयर पदका उम्मेद्धार एकराज उप्रेतीले जम्मा १००३ मत ल्याउनुभएको छ । मेयरमा एमालेका राजेन्द्रले ४३७ मतले लिड गरिरहनुभएको छ ।
यसैगरी उपमेयरमा एमालेकी मन्जु प्रसाईले १२९६ मत ल्याउनुभएको छ भने कांग्रेसकी कविता वस्नेतले जम्मा १०१२ मत ल्याउनुभएको छ ।
यसैगरि कनकाई नगरकै चर्चित स्वतनत्र उम्मेद्धार भीमप्रसाद अधिकारीले जम्मा १४९ मत ल्याएर तेस्रो पोजिसनमा रहनुभएको छ । चौथो पोजिसनमा माओवादी केन्द्रका मेयर पदका उम्मेद्धार गोपाल चुडालले जम्मा ८० मत ल्याउनुभएको छ ।
यसैगरी पाचौँ स्थानमा राप्रपाका उम्मेद्धार केदार गिरीले जम्मा ६० मत ल्याउनु भएको छ भने छैठौँ स्थानमा नेकपा मालेका मेयर पदका उम्मेद्धार प्रेम दाहालले ६ मत ल्याउनुभएको छ । अर्का मेयरका उम्मेद्धार संघिय लोकतान्त्रि राष्ट्रिय मंचले २९०४ मत गणना हुदासम्म खाता खोल्न सकिरहेको छैन ।
यसैगरी उपमेयरमा माओवादी केन्द्रकी शान्ता अधिकारी झाले ९८ मत , राप्रप्राकी उपमेयरकी उम्मेद्धार चित्रा श्रेष्ठले ८७ मत , स्वतन्त्र उम्मेद्धार धर्मलाल राजवंशीले १७३ मत ल्याउनुभएको छ भने अर्का स्वतन्त्रका उम्मेद्धार हरिभक्त संग्रौला माओवादी वैद्यले हालसम्म खाता खोल्न सकिरहेको छैन् ।
यसैगरि वार्डनम्बर १ मा पराजित हुने उम्मेद्धारहरुमा परिषद सदस्यहरुमा मोहन खतिवडा (६१९) पदम भुजेल (६२५) माओवादी केन्द्रका परिषद सदस्य डम्बर दर्जी (८०) र दलबहादुर विश्वकर्मा (१४६) मत रहेको छ । यसैगरी परिषद सदस्यमा राप्रपाका खड्ग वरालले जम्मा २६५ मत ल्याए । यसैगरी पराजित हुने महिला सदस्य हरुमा कांग्रेसकी सकुन्तला खत्री (६७६) माकेकी खगमाया चापागाँई(७३) र राप्रपाकी गान्धरी आचार्यले ८८ मत ल्याइन ।