Kanakai Online

भद्रपुरको मतगणना कछुवा गतिमा


बिहिवार, असार १५, २०७४ |

द्रोण अधिकारी ।
भद्रपुर नगरपालिकाको मतगणना सुरु भएको १२ घण्टा बितिसक्दा समेत ५ सय हाराहारिमा मात्र मत गणना भएकोमा स्थानीय आक्रोसित भएका छन् ।
गएराति ११.३० बाट सुरु भएको मत गणना आज ११ वजेसम्म ५ सय मात्र गनिएको जानकारी आएपछि स्थानीय नागरिकमा आक्रोस आएको हो ।
पछिल्लो विवरण अनुसार मेयर पदमा नेकपा एमालेका जीवन कुमार श्रेष्ठ १ सय ६६ मतका साथ अगाडि छन् भने माओवादी केन्द्रका शिवकुमार राजभण्डारी १ सय १८ मतका साथ दोश्रो स्थामा रहेका छन् । त्यसैगरी नेपाली काँग्रेसका गणेश पोखरेल ७५ मतले पछ्याइ रहेका छन् भने राप्रपाका नवराज पनेरुले ६२ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेकी चन्द्रमया श्रेष्ठले १ सय ८६ मतका साथ अग्रता लिएकी छिन् भने माओवादी केन्द्रकी कुमारी स्वर्णीका सिंह १ सय २ मतका साथ दोश्रो स्थानमा छिन् । यस्तै नेपाली काँग्रेसकी तारादेवी भूर्तेल ९२ मत ल्यााएर पछ्याइ रहेकी छिन् भने राप्रपाकी राधा कार्की ६२ मत ल्याउन सफल भउकी छिन् ।
प्रमुख निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले नेतृत्व गरेर निर्वाचन गतिविधि भइ रहेको भद्रपुर नगरमा सञ्चारकर्मीहरुलाई मतगणना स्थलमा पूर्ण रोमा बन्देज गरिएको छ । मतगणना विवरण लिन सञ्चारकर्मीहरु दलका एजेन्टको भर पर्नु पर्ने बाध्यता देखिएको छ ।
पछिल्लो जानकारी अनुसार मतगणना कार्य गर्दा कतिपय राजनीतिक दलका प्रतिनिधिलाई जानकारी नै नगराई मतगणना सुरु गरिएको गुनासो आएको छ । प्रमुख निर्वाचन अधिकृत पाण्डेले प्रहरी प्रशासनलाई घेराहाल्न लगाएर मात गन्न थालेको असन्तुष्ट दलका कार्यकर्ताहरु आरोप लगाउँछन् ।

सम्बन्धित खबर