Kanakai Online

कनकाईमा एमाले प्यानलै अगाडि


बिहिवार, असार १५, २०७४ |

लीलाराज झापाली
कनकाई नगरपालिकामा नेकपा एमालेको प्यानलैले चुनावी अग्रता कायम गरेको छ । आज साढे ११ बजेसम्मको नतिजामा ५०० मत गणनाहुदा नेकपा एमालेको पुरै प्यानलै अगाडि देखिएको छ । निर्वाचन आयोगले कनकाई नगरपालिकाको ९ वार्डमध्ये १ नम्बर वार्डवाट हिजो राती १ वजेपछिमात्रै मतगणना सुरु गरेको थियो ।
मतगणनामा मेनपावरको कमि भन्दै एक स्थानमा मात्रै मतगणना गरिएको थियो । अव केहिवेरपछिनै थप १ स्थानमा मतगणना थालिने समेत आयोगले जनाएको छ ।
पछिल्लो मतगणनामध्ये नेकपा एमालेका मेयरपदका उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले ५०० मत गणना हुदा २९० मत पाउनुभएको छ भने उहाँका निकत्तम प्रतिद्धन्द्धी उम्मेद्धार नेपाली कांग्रेसका एकराज उप्रेतीले जम्मा १६५ मतमात्रै ल्याउनुभएको छ । मेयर पदमा एमालेका उम्मेद्धार पोखरेलले १२५ मतले कांग्रेसका उम्मेद्धार उप्रेतीलाई उछिन्नुभएको छ ।
यसैगरी उपमेयरको उम्मेद्धारमा एमालकी मन्जु प्रसाईले २५१ मत ल्याउदा कांग्रेसकी कविता वस्नेतले १८० मत ल्याएकी छिन । उपमेयरमा समेत एमालेकी उम्मेद्धार प्रसाईले ७१ मतले पछि पारेकी छिन् । एमाले र कांग्रेस पार्टीबाहेक अन्य दलको भने ज्यादै न्युन मत आएको छ । माओवादी केन्द्रका मेयर पदका उम्मेद्धार गोपाल चुडालको जम्मा ५ मत आउदा उपमेयरकी उम्मेद्धार शान्ता अधिकारी झाको जम्मा ७ मत आएको छ ।
झापाको दमक , गौरीगंज्ज लगायातका स्थानमा माओवादी केन्द्रका उम्मेद्धारले लिड गरिरहेको अवस्थामा कनकाईमा जमाना जफतै हुने तरिकाले मत आउँदा अन्य दलले समेत आश्चय मानिरहेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर पदका उम्मेद्धार केदार गिरीले जम्मा ६ मत ल्याउदा उपमेयरकी उम्मेद्धार चित्रा श्रेष्ठले जम्मा १६ मत ल्याएकी छिन् ।
यसैगरी नेकपा मालेका मेयर पदका उम्मेद्धार प्रेम दाहालले १ मत ल्याएर खाता खोल्न सफल हुनुभएको छ भने , संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चका मेयर पदका उम्मेद्धार हाङ्गबीर राईले अहिलेसम्म खाता खोल्न सक्नुभएको छैन ।
स्वतन्त्रबाट इस्टकोट चिन्हमा उठ्नुभएको भीमप्रसाद अधिकारीले हालसम्म ९ मत ल्याउनुभएको छ भने उहाँकै पक्षमा उपमेयरमा उठ्नुहुने फिरफिरे चिन्हमा धर्मलाल राजवंशीले जम्मा ४ मत ल्याउनुभएको छ । यसैगरी स्वतन्त्रकै पदमा उपमेयरमा माओवादी बैद्य समुहबाट उम्मेद्धारी दिने हरिभक्त संग्रौलाले समेत हालसम्म खाता खोल्न सकेका छैनन् ।
यसैगरी वार्डअध्यक्षको पदमा समेत एमालेकै उम्मेद्धार अगाडि देखिएका छन् । एमालेका रोशनराज पोखरेलले २२९ मत ल्याउदा कांग्रेसका वार्डअध्यक्षका उम्मेद्धार सम्भु खड्काले १५७ मत माओवादी केन्द्रका हरिबहादुर राउतले १२ मत र राप्रप्राका विष्णु ओलीले ६० मत ल्याएका छन् । कनकाई नगरपालिकामा जम्मा २५ हजार ६ सय ९६ मतदाता मध्ये १९ हजार २ सय २ मत खसेको थियो । मतगणना हिजो राती १ बजेपछि सुरु भएको थियो ।
 
पछिल्लो मतगणनामध्ये नेकपा एमालेका मेयरपदका उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले ५०० मत गणना हुदा २९० मत पाउनुभएको छ भने उहाँका निकत्तम प्रतिद्धन्द्धी उम्मेद्धार नेपाली कांग्रेसका एकराज उप्रेतीले जम्मा १६५ मतमात्रै ल्याउनुभएको छ । मेयर पदमा एमालेका उम्मेद्धार पोखरेलले १२५ मतले कांग्रेसका उम्मेद्धार उप्रेतीलाई उछिन्नुभएको छ ।
कनकाईको मतगणना भएको स्थान कनकाई उद्योग वाणिज्य संघको भवन अगाडि जम्मा भएको भीड ।