Kanakai Online

भद्रपुर स्वतन्त्र मेयर दुर्गाप्रसादले पाए दुई वालवालिका


शुक्रवार, असार ९, २०७४ |

कनकाई अनलाईन
आसन्न स्थानीय निर्वाचनमा भद्रपुर नगरपालिकाका लागि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका दुर्गाप्रसाद भट्टराईले आज प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
भट्टराईले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन, धर्मसंस्कृति, सामाजिक सुरक्षा, उद्योग र वित्तीय क्षेत्र समेटेर १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिजक गरेका हुन् ।
चन्द्रगढी गाविसका पूर्व अध्यक्ष समेत रहेका भट्टराई नेकपा एमालेको कामबाट वितृष्णा पैदा भइ स्वतन्त्र वाम बुद्धिजीविका रुपमा रहेका व्यक्ति हुन् । उनले दलीय घेराबाट जनप्रतिनिधिका रुपमा काम गर्न नसकिने भन्दै स्वतन्त्र रुपमा नगर निर्वाचनका लागि जनताको प्रतिनिधि भएर आएको स्पष्ट पारे । विगतमा चन्द्रगढी गाविसको दुई कार्यकाल अध्यक्ष हुँदा गाविसको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उदाहरण पेश गर्दै भट्टराईले भष्टचारको अन्त्य गरी जनमुखी प्रशासन चलाउने प्रतिबद्धता पेश गरेका छन् ।
निर्वाचन आयोगले भट्टराईलाई दुई बालबालिका चुनाव चिन्ह प्रदान गरेको छ । उनले क्रम संख्या २५ मा रहेको सो चिन्हमा अमूल्य मतदान गर्न सवै मतदातासित आग्रह समेत गरेका छन् ।

सम्बन्धित खबर