कनकाई अनलाईन
आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिन लाग्दा झापाको मध्य भाग कनकाई नगरीमा नेकपा एमालेको गतिविधि अन्य दलको तुलनाका अग्रस्थानमा रहेको छ ।
एमालेको सिको गर्दै सक्ता घटक कांग्रेस र माओवादी केन्द्र एमालेलाई पछ्याने क्रममा रहेका छन् ।
कनकाई नगरीमा यो चुनावको मुखमा मात्रै एमालेले करिव १ हजार कार्यकर्ता आफ्नो पार्टीमा भित्राएको छ ।
जसमा कनकाई नगरपालिकाको ४ नम्बर वार्डमा मात्रै करिव ४ सय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । केहि दिन पहिले ४ नम्बर वार्डको त्रिवेणी टोलमा ३१७ जना कार्यकर्ता एमालेमा प्रवेश गराएको एमालेले फेरी सोही वार्डको टेक्रामा विभिन्न दल तथा स्वतन्त्र रुपमा रहेका ५१ जना कार्यकर्तालाई एमालेमा प्रवेश गराएको छ ।
पार्टीका प्रदेश सदस्य हिरा थापाले टेक्रामा पार्टी प्रवेश गर्नेलाई अविर लगाइदिएका थिए , भने त्रिवेणी टोलमा पार्टीका केन्द्रिय सदस्य हिक्मत कार्कीले पार्टी प्रवेश गर्नेलाई स्वागत गरेका थिए ।
टेक्रामा भएको कार्यक्रममा मेयरका उम्मेद्धार राजेन्द्र पोखरेल , उपमेयरकी उम्मेद्धार मन्जु प्रसाई , वार्डअध्यक्षका उम्मेद्धार गोविन्द्र पौडेल , सदस्य उम्मेद्धार रोषन सुवेदी , शिवप्रसाद ढकाल , महिला उम्मेद्धार देविमाया दाहाल , दलित महिला सदस्य गीता सुजी लगायातको उपस्थिति रहेको थियो । कार्यक्रममा एमाले नेता श्यामसुन्दर ओली तथा चर्चित हास्य कलाकार राजा राजेन्द्र लगायातले प्रस्तुती दिएका थिए ।