कनकाई अनलाईन
काकरभिट्टा । नेपाली काँग्रेस मेचीनगरको विभिन्न वडाहरुमा भएको प्रचार प्रसारको क्रममा बिहिबार जेष्ठ नागरिकलाई सम्मान तथा १० जनाले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय तहको निर्वाचनलाई मध्यनजर गदै मेयर पदका प्रत्यासी बिमल आचार्य, उप मेयर पदका प्रत्यासी दुर्गा खतिवडा लगायत वडाका अन्य प्रत्यासीहरुले प्रचार प्रसार गर्ने क्रममा नगरका विभिन्न स्थानहरुमा भएको घरदैलो तथा सभाको क्रममा मेचीनगर –३ स्थित गोबिन्दपुरको गोलटारमा जेष्ठ नागरिक मीत्रलाल पूmयाँललाई खँदा पह्यिाएर सम्मान गरिएको थियो भने धन बहादूर शासकर पार्टी प्रवेश गरेका थिए । त्यसैगरी मेचीनगर – ३ स्थित खम्बुटारमा बाबुराम तामाङ्गलाई सम्मान गरिएको थियो ।
आज भएको नगरको कार्यक्रम अन्तर्गत मेचीनगर– ११ स्थित लगनडाँगी, मेचीनगर– ३ स्थित स्याङ्गल्याङ्ग टार, गोविन्दपुर र खम्बुटारमा, मेचीनगर– १ स्थित मेचीडाँगीमा रीता दाहाल सहित १० जना पार्टी प्रवेश गरेका थिए । त्यसैगरी मेचीनगर– ४ स्थित डिमारकेसनमा, मेचीनगर –६ स्थित बर्मेली टोलमा र मेचीनगर –७ स्थित सतिघट्टा चिया बगान लगायतको स्थानहरुमा भएको घरदैलो तथा सभाहरुमा बृहत जनसहभागीताको उपस्थिती रहेको थियो ।
मेचीनगरको बिभिन्न वडाहरुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी विमल आचार्य तथा उप मेयर पदका प्रत्यासी दुर्गा खतिवडाले नगरमा आफुहरुले अत्याधिक बहुमत सहित विजयी भईरहेको अवस्थामा नगरको बिकास तथा समृद्धिका लागि चौतर्फी योगदान गर्ने बताउनु भएको थियो ।