कनकाई अनलाईन
विर्तामोड , असार ८ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी वरालले नेपाली पत्रकारिताको प्रविधि र सङ्ख्यामा वृद्धि भएपनि गुणस्तरीता कायम गर्नभने नसकेको वताउँनुभएको छ ।
उहाँले विहिबार झापाको विर्तामोडमा आयोजित पत्रकार आचारसंहिता सम्वन्धि आचारसंहिता विषयक अन्तक्रिया कार्यक्रममा पत्रकारले लेखेका समाचार लेख र विचारले समाजमा जनमतको निर्माणसमेत गर्ने भएकाले पत्रकारले समाजमा वढी जिम्मेवारी वहनगर्नुपर्ने वताउँनुभयो ।
वरालले देशमा पत्रकारिता आचारसंहिता उल्लघन गर्ने क्रम वढीरहेको भन्दै पत्रकारले आचारसंहिता कायम गर्न सकेको खण्डमा मात्रै पत्रकारिताको दिगो विकास हुने वताउँनुभयो ।
उहाँले प्रेस काउन्सील पत्रकारको प्रहरी भएकाले यसले पत्रकारलाई दण्डित मात्रै नगरेर पत्रकारको पेशाको सुरक्षा समेत गर्ने वताउँनुभएको छ । कार्यक्रममा प्रेस काउन्सिल सदस्य ईश्वरी ओझा , अनुगमन प्रमुख रमतुल्लाह मियाले निर्वाचनका वेला अनलाईन मिडिया र छापा मिडियाले वढी आचारसंहिता उल्लघनका उजुरी आउने गरेकाले यसप्रति ध्यानआकर्षण गराउनु भयो ।
कार्यक्रममा झापाका दलका प्रतितिधि कांग्रेसका जिल्ला सचिव प्रेम सम्वाहाम्फे , एमालेका जिल्ला सचिवालय सदस्य शिव ढुङ्गेल , माओवादी केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग , विजय , राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सचिव केशवप्रसाद ओझा , राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष सुर्यनारायण गणेश लगायातका नेताले झापाली मिडियाले निर्वाचनमा आफ्ना दलका कार्यक्रमलाई कम स्थान दिएको भन्दै गुनासो व्याक्त गर्नुभएको थियो ।
कार्यक्रममा झापाका १ सय पत्रकार र मुख्य राजनैतिक दलको सहभागिता रहेको थियो । कार्यक्रममको आयोजना प्रेस काउन्सिल नेपाल र संयोजन पत्रकार महासंघ झापाले गरेको थियो । कार्यक्रमको सभापतित्व पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा स्वागत उपाध्यक्ष एकराज गिरी र संचालन सचिव सन्तोस आचार्यले गर्नुभएको थियो ।