Kanakai Online

झापामा २३ को उम्मेदवारी फिर्ता


मङ्गलवार, असार ६, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा , असार ६ गते । ्स्थानीय तहको निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिएका २३ जनाले मनोनयन फिर्र्ता गराएका छन । उनीहरु मंगलबार मनोनयन फिर्ता गराएका हुन ।
उम्मेदवारी फिर्ता लिनेमा मेयर र उपमेयरका उम्मेदवारका पनि छन् । एक जनाको उमेर नपुगेका कारणले उम्मेदवारी रद्द भएको जिल्ला निर्वाचन कार्यालय, झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिनुभयो ।
शिवसताक्षी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर थेबे नाम फिर्ता लिएका छन् । यस्तै उपमेयरमा उम्मेदवारी लिएका मङ्गलसिंह राजवंशी र बिमला प्रसाईँले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरी कनकाई नगरपालिकामा समेत १ जना वडाअध्यक्षका उम्मेद्धार कनकाई ३ का नेकपा मालेका वडाअध्यक्षका उम्मेद्धार डिल्लीराम उप्रेतीले आफ्नो उम्मेद्धारी फिर्ता लिएका छन् । उनको उम्मेद्धारी फिर्तासगै कनकाईमा ४७ पदका लागि १९५ जना चुनावी प्रतिस्पर्धामा उत्रर्दै छन् ।