Kanakai Online

कनकाई नगरप्रमुखमा माकेकी शान्ता सबैभन्दा कान्छी उम्मेद्धार


सोमवार, असार ५, २०७४ |

 
कनकाई अनलाईन
आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कनकाई नगरपालिकाको मेयर र उपमेयरमा उठ्ने १३ उम्मेद्धारमध्ये माओवादी केन्द्रकी उपमेयरकी उम्मेद्धार शान्ता अधिकारी झा सवैभन्दा कान्छी उम्मेद्धारको रुपमा चुनावी मैदानमा आएकी छन् ।
उनको जम्मा उमेर २८ वर्षको रहेको छ । आगामी असार १४ गते हुने निर्वाचनमा कनकाई नगरमा मेयर १ र उपमेयर १ पदका लागि जम्मा मेयरमा ७ र उपमेयरमा ६ जनाले उम्मेद्धारी हालेका छन् ।
तर यसमा कसैको पनि दावी विरोध नपरेपछि उनीहरु भोट माग्न मतदाताको घरदैलोमा निस्किएका छन् । निर्वाचनमा भाग लिने मध्ये मुख्य पदमा सवैभन्दा पाको उमेरका संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका हाङ्गबीर राई रहेका छन् उनको उमेर ६८ वर्ष रहेको छ ।
यसैगरी ६६ वर्षिय नेकपा मालेका प्रेम दाहाल , उपमेयरमा स्वतन्त्र उम्मेद्धारी दिएका ६५ वर्षिय कवि हरिभक्त संग्रौला , स्वतन्त्र मेयरको उम्मेद्धार दिएका ६२ वर्षिय भीमप्रसाद अधिकारी , माओवादी केन्द्रका ६१ वर्षिय गोपाल चुडाल , एमालेकी उपमेयरकी उम्मेद्धार ५५ वर्षिय मन्जु प्रसाई , राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेद्धार ५५ वािर्षय केदार गिरी , यसैगरी समान ५३ वर्षिय एमालेका मेयर राजेन्द्रप्रसाद पोखरेल र कांग्रेसका मेयरका उम्मेद्धार एकराज उप्रेती , राष्ट्रिय प्रजातन्त्र पार्टीकी उपमेयरकी उम्मेद्धार ५१ वर्षिय चित्राकुमारी श्रेष्ठ , उपमेयरकै ४८ वर्षिय स्वतन्त्र उम्मेद्धार धर्मलाल राजवंशी , र कांग्रेसकी ४७ वर्षिय उपमेयरकी उम्मेद्धार कविता घिमिरे वस्नेत क्रमश रहेका छन् ।