Kanakai Online

एमालेका उम्मेद्धारको जमानत पार्टी वस्छ ढुक्कले भोट सुर्यमा हालौ / केपीओली


सोमवार, असार ५, २०७४ |

 
लीलाराज झापाली ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेकपा एमाले सक्ता प्राप्तीको सक्ता टिकाउने फोहारी खेलमा नअल्मने वताउँनुभएको छ ।
पुर्व प्रधानमन्त्री ओलीले आज झापाको कनकाई नगरमा मेयरमा उठेका उम्मेद्धार राजेन्द्र पोखरेल , उपमेयरकी उम्मेद्धार मन्जु प्रसाई लगायातको चुनावी सभालाई सम्वोधन गर्दै उहाँले एमाले जहिलेपनि देश वनाउन लागिपर्ने हुदा राजनैतिक शक्ताप्राप्तिको जोडघटाउमा नलाग्ने भन्दै आगामी माघ ७ गतेको तीनै तहको निर्वाचनपछि भने स्वस्थ्य राजनैतिक प्रतिस्पर्धाबाटै एमालेलाई सरकारमा जानबाट कसैले नरोक्ने वताउँनुभएको छ ।
झापाको सुरुङ्गामा समेत झापा विद्रोहमा लामो समय रहने तथा माध्यमिक शिक्षासम्मको अध्यान पुरा गर्नुभएको ओलीले आजभन्दा ४७ वर्षपहिले झापामा दुईचारजनाले खाली खुट्टाबाट सुरुगरेको आन्दोलनले एमालेलाई देशको प्रमुख दलमा पुर्याएको भन्दै आन्दोलनका वेला सहयोग गर्नेहरुलाई वेकारमा त्यसवेलाका युवालाई सहयोग गरिएछ भन्ने मौका नदिने समेत वताउँनुभएको छ ।
उहाँले ३ वर्ष पहिले सांसदमा भएको चुनावमा एमाले दोस्रो पार्टी भएपनि अहिले आएर एमाले पहिलोपार्टी बनेको वताउँनुभएको छ । उहाँले पहिलोचरणको चुनावमा एमालेलाई अन्य दलले रोक्दारोक्दै छेक्दाछेक्दैँ पहिलो पार्टी बनेको हुदा अव हुने वाकी चुनावमा समेत एमाललाई पहिलो पार्टीहुनवाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो । उहाँले सांसदको वनावट ठिक नभएकाले एमाले सरकारवाट हट्नुपरेको वताउदैँ अव प्रतिनिधिसभाको निर्वाचनबाट एमालेको वहुमत कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ ।
उहाँले एमाले सरकारमा जान ढोका थुनिएपनि जस्केलावाट , झ्याल र भेन्टिलेशनबाट भित्र नर्छिने बरु हाईवेवाट सोझैँ घरभित्र पस्ने भन्दै एमाले सरकारमा जादा बहुमतकासाथ जाने झ्याल र झस्केलाबाट नर्छिने वताउँनुभयो ।
उहाँले सरकारले छापेका नोटहरुको बैँक ग्यारेन्टी राष्ट्रिय बैँक भएजस्तै एमालेले उठाएका उम्मेद्धार राजेन्द्र पोखरेल , मन्जु प्रसाई लगायातको  ग्यारेन्टी पनि एमाले पार्टी रहने भन्दै चुनाव जितेर गएका उम्मेद्धारले खराव काम गरेमा पार्टी जमानत वस्ने वताउँनुभएको छ ।
उहाँले एमाले राष्ट्रिय एकतको पक्षमा रहेको पार्टी भएकाले चार जात छत्तिस वर्णको पक्षमा सधा सर्वदा लागिपर्ने वताउँनुभयो । उहाँले हिमाल पहाड र तराईविचमा फाटो ल्याउन खोज्ने झगडा लगाउँन खोज्ने हानीकारक प्रवृतिहरुलाई एमालेले अस्वीकार गर्ने वताउँनुभयो । आफुले ९ महिना सरकार चलाउदा भारत र चीनसग गरिएका सन्धी सम्झौँतका कारण अव नेपालमा कहिले पनि नाकाबन्दी नहुने अवस्थाको श्रृजना गरेको वताउँनुभएको छ ।
ओलीले आफ्ना विकासका योजना सुनाउदैँ ६ लेनको पुर्वपश्चिम राजमार्ग , १९ वर्षदेखि थाती रहेको हुलाकी मार्ग र पुर्वपश्चिम रेलमार्ग कुनैपनि हालतमा बनिसछाड्ने प्रतिवद्धता जनाउनु भयो । ओलीले व्याङ्गत्मक शैलीमा आफुले खेली हिडेको यस नगरीमा आफ्ना अग्रजसग भेट नभएपनि आफुले पठाईदिएको २ हजार भक्ता पाईरहेकोमा भने आफुले सन्तोशको स्वाश लिएको वताउँनुभयो ।
सोही अवशरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा पार्टी प्रवेश गर्नेहरु संघिय समाजवादी फोरमा २०७० सालको संविधान सभाका क्षेत्रनम्बर ४ का उम्मेद्धार केशव संग्रौला , नेकपा माओवादी पार्टी (वैद्य ) का कनकाई नगर सेक्रेटरी पुर्णलाल श्रेष्ठ , नेपाली कांग्रेसबाट पार्टी परित्याग गर्ने भोला दाहाल , राजु प्रसाई , माओवादीबाट सोमनाथ दंगाल , राप्रप्राका कनकाई क्याम्पसका अध्यक्ष रविन गुप्ता लगायातलाई समेत अविर लगाएर स्वागत गर्नुभएको थियो । भने नेकपा एमाले कनकाई नगरले तयार पारेको स्थानीय तहको घोषणापत्रको समेत सार्वजनिक गर्नुभएको थियो ।