Kanakai Online

भद्रपुर नगरपालिकाको विकासका लागि कांग्रेसको नेतृत्व: सिटौला


सोमवार, असार ५, २०७४ |

द्रोण अधिकारी
कनकाई अनलाईन
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सम्बृद्ध भद्रपुर नगरका लागि नेपाली काँग्रेसको नेतृत्वमा नगरपालिका आउनु पर्ने बताएका छन् ।
चुनावी प्रचार अभियानलाई भद्रपुर १० चन्द्रगढी स्थित वि पि चौकमा सम्बोधन गर्दै नेता सिटौलाले भद्रपुर नगरपालिकाको नेतृत्व काँग्रेसले नलिएसम्म नगर सम्बृद्ध हुन नसक्ने बताएका हुन् ।
नेता सिटौलालो विगतमा एमाले लगायका दलले भद्रपुर नगरको नेतृत्व लिँदा शाहरबाट गाउँ उन्मुख भद्रपुरको स्वरुप भएको स्मरण गर्दै बृहद् भद्रपुरलाई विकसित र समुन्नतको बाटो हिँडाउन काँग्रेस बाहेकको नेतृत्वमा असम्भव रहेको जनाए ।
उनले युवा पुस्ताले देश र समाजलाई सम्बृद्ध बनाउन सक्ने तर्क गर्दै नगरको नेतृत्व लिने मेयर पदमा युवालाई रोजिएको बताए । सिटौलाले भद्रपुर मै बसेर नगरबासीको समस्यामा सहभागी भइरहेका युवा व्यक्ति गणेश पोखरेल र लामो राजनीतिक इतिहाँस बोकेकी अग्रज व्यक्तित्व तारा भूर्तेलको नेतृत्वले भद्रपुर नगरलाई सम्बृद्धिको बाटो बनाउन सक्ने बिश्वास व्यक्त गरे ।
उनले शान्ति र संविधान काँग्रेसको नेतृत्वले दिएको स्मरण गराउँदै विकास र सम्बृद्धिको मार्ग पनि नेपाली काँग्रेससित प्रष्ट रहेको तर्क गरे ।
आश्वासन र झुटको खेतीमा काँग्रेस नरहेको भन्दै चिप्ला कुरा र झुटा आश्वासनमा नलाग्न मतदाता महानुभावहरुमा अनुरोध समेत गरेका थिए । नेता सिटौलाले पार्टीमा टिकको आकाँक्षी कार्य कर्ता धेरै भएकाले निश्चित सिटको लागि टिकट वितरणमा असन्तुष्टि आए पनि निर्वाचनमा सवै मिलेर पार्टीको विजय सुनिश्चित गराउन कार्यकताई आग्रह गरेका थिए ।