कनकाई अनलाईन
स्थानीय तहको निर्वाचनमा झापा कनकाई नगरपालिकामा एमाले अग्र गतिमा देखिएको छ । शुक्रवार एमालेले पार्टीका केन्द्रिय सदस्य हिक्मत कार्कीको उपस्थितिमा कनकाई नगरपालिकाको ४ नम्बर वार्डको एउटा टोल त्रिवेणी टोललाई सिङ्गो टोल एमालेमा विलय भएको घोषणा गरेको छ ।
शुक्रवार भएको कार्यक्रममा सो टोलका ३१७ जना विभिन्न पार्टी छाडी एमालेमा प्रवेश गरेका छन् । सो गाउँ यसपहिले माओवादी केन्द्रको प्रभाव रहेको थियो । आफुहरु एमाले पार्टी भन्दापनि राजेन्द्र पोखरेलले वाढी आउँदा तथा मरदापर्दा आफुहरुलाई मद्धत गरेकाले पोख्रेलनै यस क्षेत्रमा मेयरको उम्मेद्धार उठेकाले सहयोग गर्न पार्टी प्रवेश गरेको अधिकांश पार्टी प्रवेश गर्नेहरुले कार्यक्रममा वताए । यसरी पार्टी प्रवेश गर्नेहरु कतिपय ९० वर्ष कटेका वुद्धवुद्धा देखि स्कुल पढ्ने वालवालिकासम्म रहेका थिए ।
उनीहरुलाई एमाले पार्टीका केन्द्रिय सदस्य हिक्मत कार्की , प्रदेश सदस्य हिरा थापा , जिल्ला सदस्य तथा प्रचार संयोजक जनार्दन उप्रेती , मेयरका उम्मेद्धार राजेन्द्र पोखरेल , उपमेयरका उम्मेद्धार मन्जु प्रसाई , वार्डअध्यक्षका उम्मेद्धार गोविन्द पौडेल लगायातका नेताको उपस्थिती रहेको थियो तर कार्यक्रममा एमालेका कनकाई नगर अध्यक्ष तथा सोहि वार्डका वासिन्दा कोमल पन्तभने कार्यक्रममा सहभागि रहेनन् । पार्टी प्रवेशबाट हौसिएका एमाले नेताहरुले कांग्रेस , माओवादी केन्द्र तथा राप्रप्राको उछित्तो काटेका थिए ।
एमाले नेताले काग्रेसका मेयरका उम्मेद्धारलाई कनकाई नगरमा घरधुरीमा नाम मात्रै रहेको तर अमेरिका र विर्तामोड वाशी भएको देखि लिएर भोट जित्न दुर्गापुरमा साईकल वितरण गरेको सम्म आरोप लगाउदा कांग्रेस पार्टीलाई व्यापारी पार्टी र माओवादी पार्टीलाई हत्याराको पार्टी भएको आरोप लगाए ।
यता मेयरका उम्मेद्धार राजेन्द्र पोखरेलले आफु यस क्षेत्रको जनताको सुखदुःखको साथी भएको र अव चाडै एमाले पार्टीले वृद्धभक्ता वढाएर ५ हजार बनाउन लागेको तथा स्वदेशमै रोजगारी श्रृजना गरेर विदेश जानबाट युवालाई रोक्ने वताए । यसरी पार्टी प्रवेश गर्नेहरुमा खगेन्द्र अधिकारी , रत्नबहादुर प्रधान , शिवहरी मैनाली , राजु विक , राजु प्रसाई , देवेन्द्र मिश्र , ईश्वरी पकुवाल लगायात रहेका छन् ,