Kanakai Online

कांग्रेस मेचीनगर जनताको घरघरमा


सोमवार, जेठ २९, २०७४ |

कनकाई अनलाईन
मेचीनगर । नेपाली काङ्गे्रस पार्टीका मेचीनगर प्रमुख पदका उम्मेदवार बिमल आचार्य र उप प्रमुख पदकी उम्मेदवार दुर्गा खतिवडाले विभिन्न वडाहरुका मतदाताको घरघरमा पुगेर मत माग्ने क्रमलाई तिबृत्ता दिएको छ ।
नेपाली काङ्ग्रेस मेचीनगरले सोमबार विभिन्न वडाहरुमा गरेको प्रचार प्रसार कार्यक्रम अन्तर्गत घरदैलोमा नगर प्रमुखका प्रत्यासी बिमल आचार्य तथा उप प्रमुखका प्रत्यासी दुर्गा खतिवडाले मतदाताहरु आफ्ना काम गर्दै गरेको खेतबारी लगायतका स्थानमा पुगेर आपूm लगायत आफ्नो पार्टीलाई अत्याधिक मतले यस पटक विजयी गराउन अनुरोध गर्नुका साथै बृद्धबृद्धाहरुको हातबाट विजय प्राप्तका लागि आर्शिबाद समेत लिएका थिए ।
स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काङ्गे्रसले मेचीनगर– ६ को सम्र्पक कार्यालयमा भएको मजदूरहरुको भेलालाई संसद उषा गुरुङ्ग ,नगर प्रमुख, उप प्रमुख र वडा अध्यक्षका उम्मेद्वारहरु लगायतले सम्बोधन गर्नका साथै विभिन्न पार्टी परित्याग गरी काग्रेस प्रवेश गरेका शकर राई सहित १५ जनालाई स्वागत गरिएको थियो ।कार्यक्रम पश्चात वडामा बृहत घरदैलो कार्यक्रम गर्दै काकरभिट्टा बजार परिक्रम गरेका थिए ।
त्यसैगरी मेचीनगर –७ स्थित गोमनसरी, देवी बस्ती र कटहर डा“गी लगायतको स्थानमा घरदैलो कार्यक्रम भएको थियो ।
मेचीनगर –१३ स्थित तेलीबारीमा भएको कोण सभाको कार्यक्रममा सरन लिम्बु सहित ४५ जनाले पार्टी प्रबेश गरेका थिए । मेचीनगर –१२ स्थित सहरेड“ागीबाट सुरु भएको घरदैलो कार्यक्रम वरपीपल चोक हुदै धाइजन चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रचार प्रसारको क्रममा मेचीनगर –१० स्थित खयरड“ागीमा कोण सभा भएको थियो ।