Kanakai Online

सुरुङ्गा जेसीजले गर्यो हाजिरी जवाफ


सोमवार, जेठ २९, २०७४ |

सुरुङ्गा जेसीजले आफ्नो वार्षिक क्यालेन्डर अनुसार आइतवार अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न प्रतियोगितामा कनकाई नगर र आसपासका गरी १५ वटा विद्यालयको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरु मध्ये नवयुग शिक्षा निकेतन दुर्गापुर प्रथम, पशुपति अंग्रेजी मावि सुरुङ्गा दोस्रो र कनकाई मावि सुरुङ्गा तेस्रो भएका छन् । यसरी प्रथम,दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ३ हजार एकसय, २ हजार एकसय, १ हजार पाँचसय, प्रमाण पत्र र ट्रफी प्रदान गरीएको सुरुङ्गा जेसीजका कानुनी सल्लाहकार भीमप्रसाद भट्टराईले वताएकाछन् ।
सहभागी अन्य विद्यालयहरुमा प्यारागन एकाडेमी, हरीकुल नमूना मावि, देवकोटा एजुकेशन फाउन्डेसन, झापा मेरीगोल्ड अंग्रेजी मावि, दिव्यरत्न अंग्रेजी मावि, मेची अंग्रेजी मावि, चम्पा फ्लावर्स एकाडेमी, सरस्वती मावि, आदर्श विद्या मन्दिर, पाथिभारा एजुकेशन फाउन्डेसन, वेनुवाजा अंग्रेजी मावि रहेका छन् । युवाहरुको व्यक्तित्व साथै नेतृत्व विकास गर्न विभिन्न किसिमका तालिम संचालन गर्दै सामाज परीवर्तनका लागि सधैं एक कदम अगाडी रहेको जेसीजले वालवालिकामा भएको क्षमता अभिवृद्विका लागि समेत विभिन्न किसिमका गतिविधि संचालन गर्दै आएको वताइएको छ ।
सुरुङ्गा जेसीजका अध्यक्ष जविन तिम्सिनाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पूर्व अध्यक्षद्वय कुमारमणि पोखरेल र जनक कार्कीको विशेष आतिथ्यता रहेको थियो । सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष रामप्रसाद निरौलाले स्वागत गरेको औपचारीक कार्यक्रममा सदस्य सुशिला वोहोरा कार्कीले आस्थावाचन र सचिव सुदिप भण्डारीले संचालन गरेका थिए ।