लीलाराज झापाली /सुरुङ्गा ।
पुर्वी नेपालमै बन्दनिषेधित तथा पर्यटकिय नगरीका रुपमा परिचित कनकाई नगरपालिकामा स्थानिय तहको आगामी असार १४ गते हुने निर्वाचनमा मुख्य चार दल र स्वतन्त्र तथा नेकपामाले समेत गरी ६ पक्षिय प्रतिस्पर्धा हुने भएको छ ।
मुख्य दलले चुनावी तालमेल गर्ने चर्चा चलेर अरु दलले उम्मेद्धारी उठाउन ढिला गरेका थिए , तर कांग्रेस , एमालेले पुरै ९ वटै वार्डमा पुरा प्यानल उठाइदिएपछि माओवादी केन्द्रले समेत २८ सालका झापा विद्रोह तथा खमार आन्दोलनका वरिष्ठ कम्युनिस्ट योद्धा गोपाल चुडाललाई मेयरकोउम्मेद्धार उठाएर प्रचारमा निस्किएको छ ।
यस अघि नेकपा एमालेको चुनाव चिन्हमा चुनाव लडेर २ कार्यकाल गाविस अध्यक्ष चलाइसक्नुभएका हाल स्वतन्त्र उम्मेद्धारी दिनुभएका भीमप्रसाद अधिकारीलेसमेत सवैभन्दा पहिले उम्मेद्धारी दिएर लगभग यस नगरपालिकाको सवै घरमा मतदाताको मोवाइलनम्बर समेत टिपेर हिडेपछि स्वतन्त्रका यी उम्मेद्धार समेत सम्भावित उम्मेद्धारको सुचीमा रहनुभएको छ । कनकाई नगरमा स्वतन्त्रको पुरै प्यानलै तयार गर्ने योजनामा रहेको मेयरका उम्मेद्धार भीमप्रसाद अधिकारीले वताउँनुभयो ।
कांग्रेसले युवा व्यावसायी एकराज उप्रेतीलाई टिकट दिएको छ , उप्रेती पम्प तथा ग्यासउद्योगका संचालक हुन उनले आफ्नो प्रतिवद्धतापत्रमै आफुले सम्पति कमाइसकेको र अव समाजलाई केहि दिनका लागि निर्वाचनमा होमिएको भन्दै मेयर जितेमा यसवापत पाउनेकुनै सेवा तथा सुविधा नलिने वरु कोष बनाइदिएर गरिवलाई वाढ्ने घोषणा गर्नुभएको छ ।
राजनितिमा नयाँ अनुवार भएपनि कनकाई नगरमा कांग्रेसको कार्यकर्तापरिचालन निक्कै ससक्त भएकाले कांग्रेसका उम्मेद्धारलाई सम्भावित विजयीको सुचिमा हेरिएको छ । सुरुङ्गा र घैलाडुब्वा गाविस मिलेर बनेको यस कनकाई नगरपालिकाको भएको यसअघि भएका स्थानीय निर्वाचनमा एमाले हावी भएपनि संविधानसभा तथा सांसदको चुनावमा एमाले कांग्रेस र माओवादी सवैले जितीसकेको हुनाले स्थायी मतदाता भने कसैको नहुने चुनाव विश्लेषकहरु वताउँछन् ।
एमालेले कनकाई नगरमा निक्कै लामो रस्साकस्सीपछि क्षेत्रिय सदस्य राजेन्द्र पोखरेललाई मेयर तथा २०२८ सालमा झापा विद्रोहमा मारिने शहिद रामनाथ दाहालकी छोरी मन्जु प्रसाईलाई उपमेयर उठाएर कम्युनिस्टहरुको गढमा खरो उत्रने कोशिष गरेको पाईन्छ ।
तर माओवादी केन्द्रले झापा विद्रोहका योद्धालाईनै चुनावमा मेयरमा उठाएपछि कम्युनिस्टहरुको भोट वाढिने पक्का छ ।
एमालेको सुर्य चिन्ह लिएर चुनावमा होमिएका राजेन्द्र पोखरेलको यो दोस्रो उम्मेद्धारी हो यस अघिको निर्वाचनमा सुरुङ्गा गाविसको उपाध्यक्षमा उनले वाजी मारिसकेका छन् ।
संयोज उनले पहिले उपाध्यक्षमा हराएका केदार गिरी उनीसगै प्रतिस्पर्धा गर्दै छन् तर फरक भुमिकामा पहिले कांग्रेसबाट थिए भने अहिले राप्रप्राबाट तर उनका व्यावसायिक मित्र पम्प संचालक एकराज उप्रेतीलाई प्रतिद्धन्द्धी पाएका छन् ।
राजेन्द्र पोखरेलले राजनैतिक गुरु नै मानेका भीम अधिकारी जो ४९ सालको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा जितेका एमालेकै प्यानलबाट उनलाई पनि मेयरमा प्रतिद्धन्द्धी पाएका छन् राजेन्द्रले ।
झापा विद्रोहको नाममा झापा र इलामको सिमाना सुखानीमा हत्या गरिएको झापाली ५ शहिदलाई हत्या गरेस्थानमा हरेक वर्ष माओवादी केन्द्र र एमालेले हानथापकै शैलीमा शहिद सप्ताह मनाउदै आएका छन् । यी दुवै पार्टीले झापा विद्रोहमा मारिने यी शहिदहरु आफ्नो दावी गर्दै आएका छन् । जसको असर पछिल्लो स्थानीय निर्वाचनका कनकाई नगरको उम्मेद्धारीमा समेत देखियो ।
यस नगरमा अझैपनि कम्युनिस्टहरुको गढको रुपमा हेरिने गरिएको छ , नेकपा माले , माओवादी केन्द्र , एमालेजस्ता कम्युनिस्ट दलहरु वलियो अवस्थामा रहनु यसको अर्को प्रमाण हो । यस क्षेत्रमा मेयरको स्वतन्त्र उम्मेद्धारी दिने भीम अधिकारी समेत कम्युनिस्ट रहेकाले मेयर पदमा उठ्ने ६ उम्मेद्धारमध्ये ४ उम्मेद्धार कम्युनिस्ट पृष्ठभुमिका रहेकाले समेत कांग्रेस र राप्रप्राका उम्मेद्धार उत्साहि देखिएका छन् ।
राप्रप्राको यस नगरमा उपस्थिति कांग्रेस , एमाले तथा माओवादी केन्द्रको तुलनामा थोरै कमजोर भएपनि मेयरका उम्मेद्धार केदार गिरी भाषणकलामा निपुर्ण तथा तराई क्षेत्रकै पहिलो कनकाई सामुदायिक वन तथा , पुर्वकै चर्चित जामुनखाडी सामुदायिक वन तथा पर्यटकिय केन्द्रका संस्थापक अध्यक्ष कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष जिल्ला खेलकुद विकास समितिका पुर्व सचिव लगायातका दर्जनौ संघसंस्थामा रहेर जिम्मेवारी निभाईसकेकाले समेत उहाँ वलियो उम्मेद्धार मानिनुहुन्छ ।
राप्रप्राले उपमेयरमा चित्रा श्रेष्ठ , माओवादी केन्द्रले पार्टीको महिला संगठन नगर अध्यक्ष शान्ता अधिकारी झा , काग्रेसले उपमेयरमा महिला संघकी क्षेत्रिय अध्यक्ष कविता वस्नेतलाई अघि सारेको छ भने स्वतन्त्रका भीमप्रसाद अधिकारील आदिवाशी जनजाती महासंघका नगर अध्यक्ष तथा आदिवाशी नेता धर्मराज राजवंशीलाई अघिसार्नुभएको छ ।
सुरुङ्गा र घैलाडुब्वा गाविस मिलेर बनेको यस कनकाई नगरपालिकाको भएको यसअघि भएका स्थानीय निर्वाचनमा एमाले हावी भएपनि संविधानसभा तथा सांसदको चुनावमा एमाले कांग्रेस र माओवादी सवैले जितीसकेको हुनाले स्थायी मतदाता भने कसैको नहुने चुनाव विश्लेषकहरु वताउँछन् ।
यस नगरमा नेकपा मालेले सुरुङ्गा खानेपानी तथा उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष तथा भुमिसुधार तथा सुकुम्वाशी आयोग झापाका पुर्वअध्यक्ष प्रेम दाहाललाई मेयर पदमा अघि सारेर प्रचारमा निस्किसकेको छ । गत संविधानसभाको निर्वाचनमा चुनाव वहिस्कार गरेको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीले(वैद्य ) ले समेत कनकाई नगरमा कवि हरिभक्त संग्रौलाई उपमेयरमा उम्मेद्धारी दिने निर्णय गरेको छ । झापाकै नगरपालिकामध्ये कम मतदाता २५ हजार ७ सय ८९ तथा क्षेत्रफल रहेको यस नगरपालिकामा विजयको झन्डा फह्राउनका लागि आजको मितिसम्म मुख्य पदमा ६ पक्षिय प्रतिस्पर्धा हुने देखिएको छ , तर निर्वाचनको मिति सम्म आइपुग्दा यो सम्भावना रहन्छ या रहन्न त्यो भने सोचनीय विषय छ ।