Kanakai Online

विर्तामोडको लजमा भारतीय यौन ग्राहक


शनिवार, जेठ २७, २०७४ |

 

कनकाई अनलाईन
। नेपालको पुर्वीक्षेत्रका मुख्य शहर विर्तामोड , काँकडभिट्टा लगायातका क्षेत्रका लजहरुमा यौनजन्य क्रियाकलाप वढ्न थालेको छ ।
छिमेकी भारतको विहार सरकारले त्यहाँ मदिरा विक्री तथा सेवनमा समेत प्रतिवन्ध लगाएपछि त्यहाका भारतीयहरु मदिरा सेवन तथा यौन गतिविधिमा संग्लनहुन सिमानामा रहेको झापाका मुख्य शहरमा आउने गरेको रहस्यखुलेको छ ।
यसैगरी इलाका प्रहरी कार्यलय विर्तामोडले रातीको समयमा बिभिन्न होटलहरु चेकजाँच गर्ने क्रममा जिल्ला झापा बिर्तामोड न।पा।वडा नं। १ स्थितमा रहेको सिपि होटल र शनिअर्जुन न।पा।वडा नं ११ स्थितमा रहेको मनिला होटल एण्ड लजबाट ३ जना भारतीय सहित ४ पुरुष तथा ४ महिलालाई आपत्तीजनका अवस्थामा फेला पारेको छ ।
पक्राउ गरेका उनीहरु सवैलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरिक्षक केशवकुमार थेवेले वताउँनुभयो ।
यस क्षेत्रका लजहरुका यसअघि समेत दिउसै तथा रातको समयमा यौनजन्य किर्याकलापमा संग्लनहुनेहरुलाई पटक पटक गरी दर्जनौको सङ्रयामा पक्राउ गरि आवश्यक कार्वाही गरीसकेको प्रहरीले जनाएको छ ।