कनकाई अनलाईन
। नेकपा एमाले मेचीनगरले चुनावप्रचारका लागि अनौठो जुक्ति निकालेका छन् ।
पार्टीले आउदो असार १४ गते हुने स्थानिय तहको चुनाव प्रचारका लागि मेयर उपमेयरले गाउँघरमा चलन चल्तीमा रहेको वयलगाडा ( रागाँ गाडा ) चढेर भोट माग्न गाउँघरमा जाने गरेका छन् ।
यो चुनावी प्रचारलाई अन्य दलका उम्मेद्धारले भने झापाकै एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई गणतन्त्र ल्याउनेकुरालाई वयलगाडामा चढेर अमेरिकाको यात्रा भनेर ब्याङ्ग गरेकोसग तुलना गर्नेगरेका छन् । तर एमाले पार्टीले भने गाउँले रहनशहन झल्काउने उदेश्यले समेत वयलगाडामा उम्मेद्धारले चढेर उम्मेद्धारले भोट माग्ने हिडेको वताएका छन् । एमाले मेचीनगरमा ढिलागरी मात्रै नगरको उम्मेद्धारी निश्चित भएको थियो ।
जसलेगर्दा पनि प्रभावकारी प्रचारअभियानका लागि यस्तो तरिका अपनाइएको एमालेका मेचीनगरनगरपालिका ४ का वार्डअध्यक्षका उम्मेद्धार अर्जुनकुमार कार्कीले वताउँनुभयो ।
पार्टीका मेचीनगरका मेयरका उम्मेद्धार विष्णुप्रसाई र उपमेयरकी उम्मेद्धार मिना पोखरेल उप्रेती लगायात अन्य वार्डसदस्यका उम्मेद्धार तथा चुनाव प्रचारमा निस्किने असक्त तथा अपाङ्ग कार्यकतालाई समेत ४ वटा वयलगाडीमा चढाएर मेचीनगरको बाहुन्डाँगी क्षेत्रमा घरदैलो चुनाव प्रचारप्रसार गरिएको छ ।