Kanakai Online

यसकारण कनकाईमा जनताले भोट दिनुहुन्छ , कम्युनिस्ट गढमा मेरो जित / मेयरका उम्मेद्धार चुडाल


शुक्रवार, जेठ २६, २०७४ |

कम्युनिस्ट्र हु भनेर अलिक दह्रो स्वरले वोल्ने विश्वका जुनसुकै मुलुकमा बस्ने कम्युनिस्ट्रले झापा विद्रोह (२०२८) लाई आफ्नो आर्दश मान्छन् ।
नक्सलवादी आन्दोलनबाट पुर्णरुपमा प्रभावित यस आन्दोलनका दौरानमा झापामा धेरैले ज्यान गुमाए । यहि आन्दोलनको नेतृत्वगर्ने केपी शर्मा ओली यो देशका प्रधानमन्त्री बने आन्दोलनमा सहादात प्राप्त गर्नुहुने शहिद रामनाथ दाहालकी सुपुत्री कनकाई नगरमा उपमेयरको उम्मेद्धारी दिनुभएको छ , एमालेको तर्फबाट ।
त्यसो त झापा विद्रोहको जस लिने र यस आन्दोलनको नेतृत्व हामीले गरेको हो भनेर हालको माओवादी केन्द्र र एमालेविच वेलावेला जुहारी चलिरहन्छ ।

झापा कनकाई नगरपालिकाको यस वर्षको स्थानीय निकायको निर्वाचनमा पनि भइदियो यस्तै एमालेले २०२८ सालमा राजा महेन्द्रको गोलीको सिकार भएर शहिद हुने शहिद रामनाथ दाहालकी छोरी कनकाई नगरपालिका ५ सुरुङ्गा निवासी मन्जु दाहाल , प्रसाईलाई शहिदको सम्मान गर्ने भन्दै उपमेयरमा उठाइरहदा माओवादी केन्द्रले समेत सम्भवत झापाकै अग्रज कम्युनिस्ट्र नेतामा पर्नुहुने तत्कालिन झापा विद्रोह खमार आन्दोलनका नाइके समेत रहनुभएका वरिष्ठ कम्युनिस्ट्र किसान नेता गोपाल चुडाललाई कनकाई नगरपालिकाको मेयरमा उठाएको छ ।
त्यसो त कनकाई नगरपालिकामा कम्युनिस्ट नेताहरु राजेन्द्र पोखरेल , प्रेम दाहाल , भीमप्रसाद अधिकारी समेत मेयरको लाइनमा उम्मेद्धार बन्नुभएको छ । तरपनि कम्युनिस्ट्रको गढ मानिने यस क्षेत्रमा भने गोपाल चुडाल र मन्जु दाहाल , प्रसाईको चर्चा दिनानुदिन चुलिदो छ ।
पिता नरप्रसाद चुडालको प्रेरणाबाट भित्रैबाट कम्युनिस्ट विचारधारमा लागेका यी किसान नेता वाबुकै पदचाप पछ्यादै किसान संगठनमा लामवद्ध भएर लागे ।
तत्कालिन मालेमा उनले गाउँ तथा जिल्लामा किसानको हकहित र संगठन विस्तारमा एक युग त विताए तरपनि जव २०५६ सालमा महाकाली सन्धीलाई मुख्य विषय भएर तत्कालिन एमाले फुट्यो त्यसवेलादेखि उनी लगायात धेरै २८ सालका झापाली योद्धाहरु पार्टी छाडेर स्वतन्त्र बने ।
जव माओवादी युद्धले झापासमेत छोप्यो उनी लगायात ठुलो समुह सर्वहारा वर्ग र किसानको हि तगर्ने भन्दै २०६१ सालमा तत्कालिन युद्धरक्त माओवादीमा सामेल भए ।

हाल उनी माओवादी केन्द्र निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला उपाध्यक्ष तथा माओवादी केन्द्र कनकाईका सचिवालय सदस्य रहेका छन् । कनकाई ८, लक्ष्मीपुर निवासी यी ६१ वर्षे कम्युनिस्ट नेतासग हामीले निर्वाचनको विषयवस्तुसग सम्बन्धित कनकाई अनलाईन तथा साप्ताहिक परिवारले कुराकानी गरेका छौ ।
तपाईको आफ्नो परिचय दिनुहोस न ?
मेरो घर लक्ष्मीपुरमा हो । म झापा विद्रोहकाचर्चित  नेता नरप्रसाद तथा आमा रमादेविको छोरा । मेरा बुबा नरप्रसाद आठराईबाट विक्रम सम्बत २००७ सालमा झापा तत्कालिन घैलाडुब्बा १ मन्सापुरमा आएर वसोवास गर्नुभएको हो ।
त्यहा टिकाप्रसाद उप्रेतीको ४ विगाह जमिन मोहीमा कमाएर वस्न थाल्नुभएको हो । सामान्य घर बनाएर हामीलाई बुवाले राख्नुभएको हो र म त्यहि ठाउँमा २०१३ सालमा जन्मेको हु ।

तपाई वरिष्ठ कम्युनिस्ट नेता तपाईको राजनैतिक पृष्ठभुमि के हो ? वताइदिनु न ?
मेरो राजनैतिक पृष्ठभुमि अलिक अनौठो खालको छ । एक त हामी अर्काको जमिन कमाएर वसेका परिवार । त्यसमा पनि मेरा बुबा जुन नरप्रसाद चुडाल हुनुहुन्थ्यो उहाँ अत्यान्तै किसानहरुको पक्षमा गरिवहरुको पक्षमा वोल्ने , उहाँ तत्काल घैलाडुब्बा गाउँ पंचायतको किसान संगठनको अध्यक्ष हुनुहुन्थ्यो ।
जतिवेला झापा विद्रोह चल्न सुरु हुन खोज्दै थियो , २०२८ सालमा त्यतिवेला म पनि कक्षा ८ मा पढ्ने र राजनैतिक वुझ्ने भइसकेको थिए । त्यसवेला किसानहरुले प्रतिविगाह ८ मनका दरले ठेक्का तिरिरहेका वेला सोही समयमा प्रतिविगाह १५ मन बनाइयो , जुनवेला खमार आन्दोलनको नाममा वढी लिएको धान सर्वै मेरै बुबाको नेतृत्वमा फिर्ता लिने काम भएको थियो , त्यसवेला म पनि बुबालाई सघाउन हिडेको थिए । जसकारण मेरा बुबाको क्रान्तिकारी विचारधाराबाट प्रशिक्षित बुबाकै पदमार्गमा हिड्नेक्रममा म पनि एक क्रातिकारी पिताको क्रान्तिकारी छोरो बन्न पुगेछु । बुबाले किसान संगठनबाट खमार आन्दोलनको नेतृत्व गरिरहदा म पनि विद्यार्थीहरुकोअनेरास्वीयुको नेतृत्व गरेर आन्दोलनलाई साथ दिए शिक्षकहरुपनि हामीसगै एकसाथ आन्दोलनमा आउनुभएको थियो ।
म २०२८ सालदेखि आएर २०३६ सालमा घैलाडुब्वामा हामी पढेलेखेका ५ जना क्रान्तिकारीहरु मिलेर तत्कालिन समयमा अध्यान दलको गठन गयौँ र त्यसवेलामा भएको बहुदल , निर्दलको निर्वाचनमा वहुदलको पक्षबाट ससक्त प्रचारप्रसार गरेका थियौँ ।
त्यसवेला मेरै नेतृतवमा त्यो कार्यदलले माक्सवाद , लेनिनवाद र माओवादको वारेमा घनिभुतरुपमा पुरै झापा जिल्लाभर खासमा घैलाडुब्बा गाउँ पंचायतभर हामीले यो दर्शन वाढ्यौ र हाम्रो संगठनमा गोलवद्ध बनाउने काम गरौँ अहिले पनि एमालेका झण्डा लिएर हिड्ने अरु कम्युनिस्ट पार्टी तथा काग्रेस पार्टीकै पनि कैयौन नेताहरु मैले त्यसवेला प्रशिक्षित गरेकाहरुको सङ्ख्या वढी रहेको छ ।

 तपाई पुर्वी एमाले पार्टीमा ठुलो वलिदानी दिनुभएको मान्छे , फेरि कता एकाएक पश्चिमबाट सुरु भएको माओवादमा प्रवेश गर्नुभको ?
हामी २०४६ सालसम्म माले भइयो , त्यसवेला जव मनोमोहनको पार्टी माक्सवादी मिसिएर आयो र एकिकृत पार्टी बन्यो र सोही पार्टी एमाले भयो ।
त्यसवेला जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको वहुदलीय जनवाद , माक्सवाद , लेनिन वाद र जनताको वहुदलिय जनवादलाई जनताको घरघरमा पुर्याउने काम भएको थियो ।
त्यसवेला एमालेको दुइ तिहाई पुग्ने लगभग निश्चित भएको थियो । हामीले गरेको वषौँको योगदानले सार्थकता पाउनै लागेको थियो । त्यो अवस्थामा वि ः स २०५६ सालमा देशि विदेशी शक्ति केन्द्रहरुले , र दरभारीय शक्तिहरुले मिलेर हाम्रो पार्टीलाई फुटाइ छाडे ।
त्यसवेला चुनावमा दुइ तिहाइ आउनेवेलामा पार्टी फुटेपछि मेरो मन मर्यो यो पार्टी त विदेशी दलाल र दरभारीया शक्तिहरुले चलाएको पार्टी रहेछ दलालले चलाएको पार्टीमा हामी जस्तो क्रान्तिकारीका पुत्रहरुले यस पार्टीमा वसेमात्रै पनि पितृले सराप्ने छ भनेर म लगायात ठुलो समुह स्वतन्त्र वस्ने निर्णय गर्यौँ ।
लगभग ५ वर्ष हामी स्वतन्त्र भयौँ , त्यतिवेला पश्चिमबाट सुरु भएको माओवादी जनयुद्धले पुर्वमा पुरै प्रभाव पारिसकेको थियो । एक क्रान्तिकारी योद्धा हुनुको नाताले मैले त्यसवेलाका राता मान्छेहरुलाई लामो समय सेल्टर दिएको थिए । पछि माओवादी वाहेक अरु कम्युनिस्ट हौ भन्नेहरुबाट यो देश र वर्गको मुक्ति सम्भव छैन भन्ने कुरा हामीले महसुस गरेर २०६१ सालमा म लगायात सिङ्गो वार्ड कमिटीमा ४१ युवा लिएर म माओवादीमा प्रवेश गरेको हु त्यसवेला म एमालेको कमिटी सचिव पनि थिए ।

त्यसवेला सचिवनै पार्टीको सर्वेसर्वा हुने चलन थियो ठुलो सङ्ख्यामा एमालेका कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका थिए । माओवादी पार्टीमा पनि म किसान संगठनको क्षेत्रिय सदस्य , अध्यक्ष हुदै जिल्ला उपाध्यक्ष रहेको छु । पार्टीमा समेत म नगर सचिवालय सदस्यमा रहेको छु ।
 तपाई झापाली किसान आन्दोलन जुन २०२८ सालदेखिकै नेता अझ बाबुछोरैले पुरा जिवन किसानआन्दोलनमै दिनुभएको छ । हामीलाई भनिदिनुहोस न यहाँ किसानका समस्या कस्ता छन् ?
किसानहरुका समास्याहरु धेरै छन् । हिजो पनि आज पनि समयअनुसार वल्झिरहेका छन् । किसानले आफुले उत्पादन गरेका फसलहरुको सहि मुल्य पाएका छैनन् । राज्यले त्यसको व्यावस्थ ागर्न सकेको छैन् ।
यो भन्दा अगाडिका सरकारहरुले त झन केहिपनि काम नै गरेन् । कम्तीमा पनि यहाँ कृषिबजारको व्यावस्था हुनुपर्यो । किसानले उब्जाएको चिजको सहि मुल्याङ्कन हुनुपर्यो ।
किसानले मेरो कतिमा किन्दिन्छौ भन्ने होइन किसानसग तपाईको फसल कतिमा विक्रिगर्नुहुन्छ भनेर व्यापारीले सोधेर हिड्ने वातावरणको श्रृजना हुनुपर्यो ।
त्यो खालको मापदण्ड राज्यले बनाउनुपर्यो । र कृषिका लागि भण्डारको योजना राज्यले बनाउनुपर्यो । विदेसवाट आएका विषादियुक्त तरकारी र फलफुलहरुलाई चेकजाच गरि विषादिमुक्त देश नेपाललाई बनाउनुपर्यो । जसका लागि नेपालमै उपभोग्य वस्तुको उत्पादनलाई वढाउनुपर्यो । सिचाईँ नभएको स्थानमा भुमिगत सिचाईँकै भएपनि प्रवन्ध मिलाएर उत्पादन वढाउनुपर्यो ।
किसानलाई मल बीउ र सिचाई समस्या परेका वेला प्राविधिक सहयोगै मात्र गर्ने हो भने हामी यो मुलुकलाई कायापलट गरिदिन सक्छौँ । हामीले किसान भनेरमात्रै हुदैँन जापानका किसानहरुलाई भेट्यौँ भने हामीले सलुट हान्नुपर्दछ । त्यहा त्यसरी चिनिन्छ तर यहाँ हाम्रो मुलुकमा किसान भनेको तल्लो वर्गको नागरिक भनेर चिनिन्छ ।
हिजो यहाँ जमिनदारहरुका गोठ थिए यहाँ खर्कहरु थिए ती जमिनहरु उनीहरुले सवै व्युरोकेसीसगको तालमेलमा सवै जमिनहरु आफ्नो नाममा पारिसकेका छन् । कमिसनमा भुमाफियाहरुले आफ्ना जग्गाहरु बनाएका छन् । हामीले कम्तीमा पनि ती भुमाफियाहरुको जमिनलाई अखिलनेपाल किसान संघको झण्डा गाडेर किसानको हक स्थापित गर्न खोज्यौ तर राज्यले हामीलाई प्रतिकार गर्यो । तरपनि हामी निरन्तर लडाई जारी राखिरहेका छौँ ।

अझै लड्छौ अन्यायको विरुद्धमा हामी लडिरहन्छौ हो मेरो लडाइकै निरन्तरता हो म किसान संगठनको जिल्ला उपाध्यक्ष गोपाल चुडालको कनकाई नगरमा मेयरको उम्मेद्धारी ।
तपाईँलाई नै मेयरमा कनकाईका जनताले भोट दिनुपर्ने कारण के त ?
मैले माथि भनेको कुराहरु लागुगर्न पनि जनताले मलाई भोट दिनुपर्दछ जस्तो मलाई लाग्छ , अर्कोकुरा यो कनकाई नगरी भनेको हज्जारौ वामपन्थीहरुको रगतले सिन्चित गरेको कनकाई भुमि हो ।
म पनि एउटा लामो इतिहास वोकेको वामपन्थी योद्धा हु , कनकाईमा उठ्ने अन्य कोहिपनि उम्मेद्धारहरु मेरो तुलनामा वामआन्दोलनमा फिक्का हुनुहुन्छ ।
मैले समाजलाई धेरै दिएको छु । म सर्वहारा वर्गको अधिनायत्व स्थापित गर्ने वर्गको मान्छे हु । किसानको मान्छे हु , सुकुम्वासीको मान्छे हु । उत्पीडितको मान्छे हु जनजातिको मान्छे हु , र यहाँ पिछडिएका वर्गको उत्थान गर्ने पक्षको मान्छे हु । अरु पार्टीका हेर्नुहोस तपाई जसको पहुच छ ।

पैसा छ , माथि प्रधानमन्त्री सम्मलाई पैँसाले हल्लाउनसक्नेहरुले टिकट लिएर आएका छन् । उनीहरुको विजयले मात्रै ती निमुखा जनताको हालत के होला मत अरु पार्टीले टिकट ल्याएको सुनेकै दिनदेखि रातभर सुत्न सकेको छैन । हामी मुठ्ठीभरका सम्भ्रान्त वर्गलाई शासन सुम्पेर कस्तो विकासको कुरा गर्न हिडिरहेका छौ । हो जसका कारण जनताले मलाई भोट खसाल्नुपर्दछ । त्यसकारण मलाई जनताले भोट खसाल्छन् ।
 सरकारी लक्ष्य पार्टीका लक्ष्य नितिहरु त छन् ती वाहेक तपाईकैँ आफ्नै योजनाहरु के छन् ?
पहिलोकुरा त हामीले यस नगरमा हुनेगरेका प्रदुषणमुक्त नगरपालिका हामीले बनाउने हो , भय रहित नगरपालिका सुकुम्वासी र वेरोजगारी मुक्त कनकाई नगरपालिका हामीले मात्र तयार पार्न सक्यौभने , यहाँका नदिनाला वनजंगललाई कम्तीमा अरु थप ५० वर्षसम्म विना प्रदुषणमुक्त बनाउन सक्नुपर्दछ । वाहिरदेश वाट समेत हामीलाई हेर्ने दृष्टिकोण वदल्न सक्नुपर्दछ ।
हिजो यो सुरुङ्गा ठाउँ लालचन नउम्रन ठाउँमा आज त कम्तीमा वस्ती वसेको छ , मलजल भका छन् टमाटर फलेको छ । हामीले यस स्थानलाई उन्नत विउविजन र प्रविधियुक्त विषादिरहित हावापानी र सिचाईको प्रवन्ध गरेर पुन यस ठाउँलाई हरावरा बनाउन सक्छौ यसको समय ५ वर्ष हाम्रालागि पर्याप्त हुन्छ जव हामी कृषिकर्मलाई अगाडि वढाउन सक्छौ हाम्रो उन्नती प्रगति यसैमा छ ।
अर्कोकुरा विदेसीहरु राम्रा स्थानमा घुम्न वस्न मनपराउँछन तर हामी नजिकको तीर्थ हेला भनेझै भएको छ हाम्रो ठाउँ यहाँका कोटिहोम , जामुनखाडी , धनुषकोटी , दोमुखा लगायातका स्थानहरुलाई थप व्यावस्थित गरेर हामीले यस ठाउँको चिनारी विश्वभर फैलाएर विदेशी मुद्रा तथा स्वदेशमै उद्योगधन्दा र कृषि उद्यमलाई प्रोत्सान दिएर हामी अरु स्थानका जनताभन्दा १० गुणा चाडो विकासको मार्गमा लम्कन सक्छौ ।
अर्कोकुरा युवको पक्षमा मेरा धेरै लक्ष्य र योजनाहरु रहेका छन  ।
कम्तीमा यस क्षेत्रमा एउटा हरियाली खेलमैदान हुनुजरुरी छ , जसमा क्रिकेट , फुटवल , वक्सिङ्ग , भलिवल , करातेजस्ता खेलहरु खेल्न सकियोस सिक्न सकियोस । यी खेललाई अध्यानकै दाजोमा लैजानुपर्दछ पढेरमात्रै होइन खेलेरपनि जिवन यापन अझ राम्रोसग गर्न सकिने वातावरण बनाउनुछ ।
कसैलाई सानैदेखि वक्सिङ्गमा रुची होला कसैको क्रिकेटमा हामीले त्यो इच्छा हुने हरु विद्यार्थीलाई ती विषयको समेत अध्यानको अवशर दिन सक्यौँभने ती युवाको जिवनपनि सुखमय हुन्छ भने अर्कोतिर खेल क्षेत्रको समेत विकास हुन्छ ।
प्रस्तुती / लीलाराज झापाली /कनकाई अनलाईन र साप्ताहिक