Kanakai Online

कनकाई नगरमा गर्यो माओवादी केन्द्रले उम्मेद्धार घोषणा झापा विद्रोहका नेता चुडाल मेयरको उम्मेद्धार


सोमवार, जेठ २२, २०७४ |

आइपी भट्टराई ।
। नेकपा माओवादी केन्द्र कनकाई नगरकमिटीले आसन्न स्थानीय तहकोलागि मेयर उपमेयर सहित सवै वडामा उम्मेद्धारी घोषणा गरेको छ ।
पार्टीका केन्द्रिय सचिवालय सदस्य सावित्रीकुमार काफ्ले समरको प्रमुख आतिथ्यमा पार्टीका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग विजयले नगरपालिकाको सोमवार मेयर उपमेयर र ९ वटै वार्डको उम्मेद्धारहरुको घोषणा गर्नुभयो ।
जसमा मेयरमा झापा विद्रोह २०२८ तथा किसानका खमारआन्दोलनका योद्धा गोपाल चुडाल तथा उपमेयरमा भुमिगत कालदेखिकै सक्रिय महिला नेतृ तथा अनेमसंघ क्रान्तिकारीकी नगर अध्यक्ष शान्ता अधिकारी झा लाई उम्मेद्धारीको घोषणा गर्नुभयो ।
यसैगरी वार्डअध्यक्षहरुमा १ नम्बरमा हरिबहादुर राउत रहनुभएको छभने वडासदस्यहरुमा दलबहादुर विक ,डम्बर नेपाली ,  महिला सदस्यमा खड्गमाया चापाँगाई  र दलित महिलामा सारदा सार्की रहनुभएको छ ।
२ नम्बरमा गंम्भीरबहादुर राई (कुमार ) रहनुभएको छ भने बाकी सदस्यपदहरुमा अन्य पार्टीसग सहकार्य गरिएको छ ।
३ नम्बर वार्डअध्यक्षमा भक्ति पाठक रहनुभएको छ भने वार्डसदस्यहरुमा पदमप्रसाद मैनाली टंक खतिवडा महिला सदस्यमा सिता पाठक र दलित महिला सदस्यमा पावर्ती वराईली रहनुभएको छ ।
४ नम्बर वार्डअध्यक्षमा गोविन्द चापाँगाई रहनुभएको छ भने सदस्यहरुमा हरिप्रसाद प्रसाई कमलप्रसाद मैनाली महिला सदस्यमा हरिमाया राई र महिला दलितमा सुशिला विक रहनुभएको छ ।
५ नम्बर वार्डअध्यक्षमा प्रेम ओली सदस्यहरुमा कृष्ण पाठक र बद्रीनारायण सिग्देल दलित महिला सदस्यमा देविमाया पाचकोटी रहनुभएको छ ।
६ नम्बर वार्ड अध्यक्षमा दिर्घबहादुर थापा वार्डसदस्यमा रामचन्द्र सिटौला र डम्बरवहादुर शांसखर महिला सदस्यमा मेनुका पुलामी र दलित महिला सदस्यमा दिलमाया दियाली रहनुभएको छ ।
७ नम्बर वार्डअध्यक्षमा चन्द्रमान कन्दङ्गवा वार्डसदस्यहरुमा कुलबाहादुर थपलिया र दलित महिला सदस्यमा निर्मला कार्की डोली रहनुभएको छ भने अन्य सदस्य र महिला सदस्य १ जना संघिय लिम्बुवान राज्य परिषदलाई दिएर चुनावी तालमेल गरिएको छ ।
, ८ नम्बर वार्डअध्यक्षमा तुलसीराम कालिकोटे रहनुभएको छ भने वार्डसदस्यहरुमा डिल्ली कार्की जनबहादुर विश्वकर्मा महिला सदस्यमा खड्गकुमारी बानिया र दलित महिला सदस्यमा चन्द्रमाया विश्वकर्मा रहनुभएको छ ।
यसैगरी ९ नम्बर वार्डअध्यक्षमा अजित कायस्थ रहनुभएको छ भने वार्डसदस्यहरुमा धनराज राजवंशी , नगदलाल माझि , महिला सदस्यमा कल्पना मगर र दलित महिलामा मिना लाम्गादे रहेनुभएको छ ।
संयोजक मणिसाम्पाङ्ग  राई विजयले वार्डनम्बर २ , ७ लगाँयातका केहि वार्डमा संघिय लिम्बुवान राज्य परिषद , राष्ट्रिय जनमुक्ति पार्टी लगायतका संघियपक्षधर पार्टीहरुसग गठबन्दन गरिएको समेत जानकारी गराउनुभयो ।
जसमा मेयरमा झापा विद्रोह २०२८ तथा किसानका खमारआन्दोलनका योद्धा गोपाल चुडाल तथा उपमेयरमा भुमिगत कालदेखिकै सक्रिय महिला नेतृ तथा अनेमसंघ क्रान्तिकारीकी नगर अध्यक्ष शान्ता अधिकारी झा लाई उम्मेद्धारीको घोषणा गर्नुभयो ।
कार्यक्रममा वोल्दै प्रमुख अथिति सावित्रीकुमार काफ्ले समरले २०२८ सालको कम्युनिष्ट झापा विद्रोहको ब्याज एमालेले खाइरहेको भन्दै सच्चा अर्थमा त्यो कम्युनिष्ट पार्टीको इतिहास भएको भन्दै एमालेपार्टीले कम्युनिष्ट्र आचरण र व्यावहार छाडिसकेकाले २०२८ सालको सच्चा वर्ग सङघषको इतिहास  माओवादीकेन्द्रले मात्र  वचाइराख्न सक्ने वताउँनुभयो ।
उहाँले त्यसका लागि पनि पार्टीले २०२८ सालका झापा विद्रोहका योद्धालाई मेयरको टिकट दिएको वताउँनुभयो ।
समरले माओवादीकै जनसक्ता अभ्यासकै निरन्तरतास्वरुप गाउँ गाउँमा सिंहदरभार आएको भन्दै जनसक्ताकै अभ्यास अव नगर र गाउँपालिकामा हुने हुदा निर्वाचनको गणितिय गठजोड भन्दा आन्दोलनको विजय भएको भन्दै माओवादीको पराजयले यसको मुलमर्ममा प्रहार हुनेहुदा सबै जनता चनाखो रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज झलकसिंह दर्लामी शन्देश , केन्द्रिय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक पुरुषोत्तम चुडाल राजु , केन्द्रिय सदस्य गोपाल प्रसाई लगायातका नेताले  जनताको अधिकारको रक्षाका लागि माओवादीकेन्द्रलाई विजय गराउनको विकल्प नभएको वताउँनुभयो ।