Kanakai Online

चुनाव लक्षित वाइसियलको मार्च पास


आइतवार, जेठ २१, २०७४ |

 
कनकाई अनलाईन ।
आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्र निकट युवा संगठन वाइसियल नेपाल भद्रपुरले मार्च पास सप्न्न गरेको छ ।
माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य लेखनाथ न्यौपानेको प्रमुख आतिथ्यमा भद्रपुर बजारमा सम्पन्न मार्च पास भेलालाई सम्बोधन गर्दै नेता न्यौपानेले जसको नीति उसकै नेतृत्व आवश्यक भएको औंल्याएका थिए ।
उनले सिंहदरवारको अधिकार गाउँ नगरमा ल्याउने माओवादीले नेतृत्व नपाए जनताले अधिकारको अनुभू ितगर्न नपाउने दावी समेत गरे ।
कार्यक्रममा मेयरका उम्मेद्वार शिवकुमार राजभण्डारीले सम्बृद्ध भद्रपुर नगरका लागि आफूसित मात्र दीर्घकालिन योजना रहेको तर्क गरे । भद्रपुर स्थित बसपार्कबाट सुरु भएको मार्चपास बजार परिक्रमापछि कोण सभामा रुपान्तरण भएको थियो ।