कनकाई अनलाईन
नेकपा माओवादी केन्द्र कनकाईले आसन्न स्थानीय निकायको निर्वाचनका लागि मेयर र उपमेयर पदको लागि उम्मेद्धारी सार्वजनिक गरेको छ ।
यस अघि झापाका १४ स्थानीय निकायमा माओवादी केन्द्रले मेयर र उपमेयरको निर्णय गरेपनि हालसम्म कनकाई नगरमा भने उम्मेद्धारी दिन सकेको थिएन् । पार्टीले मेयरमा २०२८ सालका झापा विद्रोहका किसान नेता तथा यस क्षेत्रकै वरिष्ठ कम्युनिष्ट नेता गोपाल चुडाललाई मेयर पदमा उठाएको छ । सम्भवत गोपाल उम्मेद्धारमध्ये झापाकै वरिष्ठ कम्युनिस्ट नेता हुन् ।
उनको उम्मेद्धारीले पनि झापामा म कम्युनिस्ट हु भन्नेहरुलाई आशाको दियो जलेको माओवादी केन्द्र कनकाईका इन्चार्ज गोपाल प्रसाईले वताउँनुभयो । र उमपेयरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नगर अध्यक्ष तथा युवा नेतृ शान्ता अधिकारी झा लाई चुनावी प्रतिस्पर्धामा उतारेको नेकपा माओवादी केन्द्रका केन्द्रिय आयोजक कमिटीका सदस्य एवम् निर्वाचन परिचालन कमिटीका नगर संयोजक पुरुषोत्तम चुडाल राजुले जानकारी दिनुभयो ।
यो सगै कनकाई नगरपालिकामा मेयरमा तथा उपमेयरमा स्वतन्त्र सहित १२ जनाले उम्मेद्धारी घोषणा गरेका छन् । कांग्रेस , एमाले , माओवादी केन्द्र , राप्रप्रा , स्वतन्त्र पुर्व गाविस अध्यक्ष भीमप्रसाद अधिकारी , नेकपा माले र क्रान्तिकारी माओवादी पार्टीले कनकाई नगरमा उम्मेद्धारी घोषणा गरेका हुन् ।