कनकाई संवाददाता
प्रतिष्ठित सुरुङ्गा गोल्डकपको चौथो संकरण पुन घाटामा गएको छ ।
अघिल्लो तेस्रो संकरणमा समेत सुरुङ्गा गोल्डकप २ लाख ५० हजार नोक्सानमा गएको थियो ।
यस संकरणमा आइपुग्दा सुरुङ्गा गोल्डकपको घाटा १ लाख वढेर ३ लाख ५८ हजार ९ सय ४० रुपैँया घाटामा गएको आर्थिक समिति संयोजक कुमारमणि पोखरेलले जानकारी गराउनुभयो ।
कनकाई नगरपालिका सुरुङ्गामा गत मंसिर ४ गतेदेखि ११ गतेसम्म कनकाई माविको खेलमैदानमा चोथो सहारा सुरुङ्गा गोल्डकप भएको थियो । सो प्रतियोगिताको आयव्यय शुक्रवार सार्वजनिक गरिएको हो । जसमा सो प्रतियोगितामा कुल ३१ लाख ५३ हजार ९ सय ९५ रुपैँया खर्च भएको र जम्मा आम्दामी २७ लाख ९५ हजार ५५ रुपैँया भएर आयोजकलाई नोक्सानी सो रकम भएको पोखरेलले जानकारी दिनुभयो ।
सुरुङ्गा जेसिजको आयोजनाामा भएको सो प्रतियोगितामा नेपालका उत्कृष्ट क्लवहरु मनाङ्ग मस्याङ्दी , ससस्त्र प्रहरी , रमपम झापा ११ , रुपन्देही ११ , हिमालयन शेर्पा, नेपाल पुलिसक्लव लगायतका टिम सहभागि थिए । सुरुङ्गामा पहिलोपटक देशका ठुला क्लव सहभागि गराइएकाकारण पनि खर्च वढेको आयोजक संस्था सुरुङ्गा जेसिजका अध्यक्ष जविन तिस्सिनाले वताउँनुभयो । प्रतियोगिताको टिकट विक्रिवाट ९ लाख १५ हजार २० रुपैँया , सहारा नेपाल चारपानेबाट ५ लाख , जियोनी मोवाइलबाट २ लाख रुपैँया , राष्ट्रिय खेलकुद परिषदबाट १ लाख लगायतको सहयोग भएको तथा खर्चमा प्रथम पुरस्कार ३ लाख ५१ हजार , दोस्रो पुरस्कार २ लाख ५१ हजार , टिम फेयर १४ लाख ५०० रुपैँया ,खर्च भएको अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो ।
यसैगरी यस संकरणसम्म आइपुग्दा सुरुङ्गा जेसिजको एकल आयोजनाबाट मात्रै सुरुङ्गा गोल्डकप संचालन गर्न सक्ने सम्भावना नरहेको भन्दै यस क्षेत्रका सवै संघ संस्थालाई आयोजक बनाइ सुरुङ्गा गोल्डकपलाई मर्न नदिने समेत आयोजक सुरुङ्गा जेसिजका पदाधिकारीहरुले जानकारी गराएका थिए । कार्यक्रमा खेल संयोजक भीम भट्टराई लगाँयातले वोलेका थिए ।