Kanakai Online

गणतन्त्र दिवशमा झापाका ३० कैदीको सजाय मिनाह


सोमवार, जेठ १५, २०७४ |

 
द्रोण अधिकारी ÷भद्रपुर
गणतन्त्र दिवसको अवसर पारेर झापाका  ३० जना कैदी वन्दीहरुलाई जिल्ला कारागार झापाले आज रिहा गरेको छ ।
नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेका नियम र अनुशासन पालना गरी असल व्यवहार प्रदर्शन गर्ने ३० जना कैदी बन्दीहरु रिहा भएका हुन् ।
जसमा कर्तव्य ज्यान, सवारी ज्यान ,वन पैदावर ,डाका ,वहु विवाह ,ज्यान मार्ने उद्योग लगायतका विभिन्न मुद्धामा संलग्न  ती कैदी वन्दीहरुलाई रिहा गर्दै आजैउनीहरुका आफन्तलाई कारागार प्रशासनले जिम्मा लगाईएको हो  ।
जिल्ला कारागार झापा वाट  ४५ जना जना कैदी वन्दीहरुलाई रिहा गर्न कारागार विभागले सिफारिस पठाए पनि ३० जना कैदी वन्दिहरुको  मात्र तोकिएको मापदण्ड पुगेकोले उनीहरुलाई मात्र छोड्न सकिने गरी रिहापत्र स्वीकृत भएको जेलर यज्ञराज निरौलाले जानकारी दिए ।
यसरी रिहा हुनेहरुमा  ईलाम साक्फारा ३ का दिवस श्रेष्ठ, उदयपुरका मोहनवहादुर कार्की ,राजगढ झपााका अप्ताली मियाँ र भोजुवा मियाँ ,इृलाम फिक्कलका प्रकाश घिमिरे ,वुधवारेका सरोज वजगाँई ,भुपाल सुहाङ, शरणामतिका श्याम नारायण गोसाँई , दानावारी ईलामका हरीप्रसाद चौलागाई र किसन गञ्ज भारतका मनोज वसाक रहेका छन् ।
यसैगरी शिवगञ्ज झापाका कृष्ण बहादुर श्रेष्ठ ,ताप्लेजुङका वसन्तकुमार वस्नेत ,सतासिधामका प्रकाश पाठक ,भोजपुरका गोल्छा राई ,महेशपुरका सुनिल सोरेन ,तोपगाछीका वेदमाया तिमल्सिना ,अनारमनीका गोलमति राजवंशी ,सतासिधामका प्रेम वन्जरा ,दमकका नविन राई तथा मेची नगरपालिकाका रविन खतिवडा रहेका छन् ।
त्यस्तै चारपानेका तिलक खनाल ,गौरादहका वलबहादुर नेम्वाङ, शिवगञ्जका शिव राई ,शनिश्चरेका टिकाराम वस्नेत ,शिवसताशीका सुगनलाल चौधरी ,तोपगाछीका दधिराम पोखरेल ,शनीअर्जुनका सन्तबहादुर सुव्वा ,गोलधापका देउमान तामाङ भन्ने लिलिप्रसाद तामाङ , दमकका किरण पौडेल र भोजपुरका कृष्णकला राई (भुजेल)लाई रिहा गरिएको छ ।
झापा कारागारमा  हाल ७ सय ९२ पुरुष, ७६ जना महिला ,३ जना नावालक र २ जना नावालिका सहित ८ सय ७३ जना कैदी वन्दीहरु रहेका छन् ।