अमृत योङ्हाङ्ग ।
दुर्गापुर ।
कनकाई नगरपालिका–७ दुर्गापुर स्थित श्री भृकुटी माध्यमिक विद्यालयको आयोजना दुर्गापुर स्रोत केन्द्र स्तरीय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको स्वर्ण महोत्सव बर्षको अवसरमा आयोजित उक्त नृत्य प्रतियोगितामा ११ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा फक्ताङलुङ एजुकेशन फाउण्डेसनकी प्रतिक्षा लिम्बु प्रथम, नवयुग शिक्षा निकेतनकी रेवा तामाङ्ग द्वितीय, भृकुटी मा.वि.की सुस्मा श्रेष्ठ तृतीय र आदर्श विद्या मन्दिर मा.वि.का शुक्रराज लिम्बु सान्त्वना घोषित भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमशः नगद रु.२५००।–, रु.१५००।–, रु.१०००।– रु.५००।– र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा सुनिता नेपाली र माधव भेटवालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बालकृष्ण सिटौलाको अध्यक्षता तथा स्रोत व्यक्ति खड्ग प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अञ्जना सिटौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम शिक्षक नरेन्द्रराज काफ्लेले संचालन गर्नु भएको थियो ।
गरिएको थियो । प्रतियोगितामा सुनिता नेपाली र माधव भेटवालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बालकृष्ण सिटौलाको अध्यक्षता तथा स्रोत व्यक्ति खड्ग प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अञ्जना सिटौलाले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम शिक्षक नरेन्द्रराज काफ्लेले संचालन गर्नु भएको थियो ।