कनकाई अनलाईन
सुरुङ्गा । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा १५ स्थानीय तहमध्ये एमालेले स्थानीय निर्वाचनका लागि १३ स्थानीय निकायको उम्मेद्धारको टुङ्गो लगाएको छ ।
जिल्ला तथा प्रदेशस्तरको छलफलबाट यी उम्मेद्धारहरुको छिनोफानो गरिएको एमालेले जनाएको छ । अव बाकी विर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाको मात्रै उम्मेद्धारी टुङ्गाउन बाकी रहेको एमालेले जनाएको छ ।
उम्मेद्धारी टुङ्गाएका नगरपालिका हरुमा कनकाईमा मेयर राजेन्द्रकुमार पोखरेल उपमेयर मन्जु प्रसाई ,मेयरमा दमकमा रोमनाथ ओली तथा उपमेयरमा गीता अधिकारी , भद्रपुरमा मेयरमा जीवनकुमार श्रेष्ठ तथा उपमेयरमा चन्द्रा श्रेष्ठ ,गौरादह नगरपालिकामा मदन अधिकारी तथा उपमेयरमा गीता भेट्वाल , झापा नगरपालिकामा मेयरमा गजेन्द्र ताम्ली लिम्बु तथा उपमेयरमा कुन्तादेवि वुडाथोकी , अर्जुनधारा नगरपालिकामा मेयरमा हरिकुमार राना उपमेयरमा भोलादेवि भट्टराई , शिवसताक्षी नगरपालिकामा मेयरमा चन्द्रकुमार सेर्मा र उपमेयरमा भोजकुमारी नेपाल , कमल नगरपालिकामा मेयरमा मेनका काफ्ले र उपमेयरमा वेणु शिवाकोटी र बुद्धशान्ति नगरपालिकामा मेयरमा चिन्तन पाठक र उपमेयरमा मिना भुर्तेल रहनुभएको छ ।
यसैगरी हल्दीवारी गाउँपालिकामा अध्यक्षमा मन्जु सिटौला र उपाध्यक्षमा डम्बरकुमार गिरी , बाह्रदर्शी गाउँपालिकामा अध्यक्षमा लक्ष्मण पाठक र उपाध्यक्षमा गंगा धमला यसैगरी गौरीगंज गाउँपालिकाको अध्यक्षमा श्याम ढकाल र उपाध्यक्षमा मनिता राई रहनुभएको छ । बाकी २ नगरपालिकाको समेत शनिवार साँझ सम्ममा उम्मेद्धारको छिनोफानो गर्ने र जेष्ठ १५ गतेभित्रै सबै उम्मेद्धारहरुको घोषणा गरिसक्ने पार्टीस्रोतले जनाएको छ ।