मनोज खड्का
कनकाई अनलाईन /सुरुङ्गा
लामो रस्साकस्सीपछि नेकपा एमालेले कनकाई नगरको मेयर र उपमेयरको टुङ्गो लगाएको छ । जसमा मेयरका लागि राजेन्द्र पोखरेल र उपमेयरका उम्मेद्धारमा २०२८ सालको झापा विद्रोहका शहिद रामनाथ दाहालकी छोरी कनकाई नगरपालिका ५ निवासी मन्जु प्रसाई रहनुभएको छ ।
आज एमालेको प्रदेशको सेक्रेटरी वैठकबाट राजेन्द्र पोखरेललाई मेयर तथा मन्जु प्रसाईलाई उपमेयरको टिकट दिने निर्णय गरेको हो ।
यसवारेमा दुवैलाई पार्टीका तर्फबाट आधिकारीक पत्र भने भोली दिने एमाले स्रोतले जनाएको छ । मेयरका अर्का प्रत्यासी एमालेका प्रदेश सदस्य हिरा थापालाई प्रदेशको चुनावमा टिकट दिने गरी सहमति जुटाइएको एमाले स्रोतले बताएको छ । ५३ वर्षिय राजेन्द्र पोखरेल सुरुङ्गा गाविसका पुर्व उपाध्यक्ष समेत हुन् ।
पोखरेलले स्नातक तहसम्मको अध्यान पुरा गरेका छन् । एमालेका क्षेत्रिय सदस्य पोखरेल कनकाई नगरका प्राय हरेक विकास निर्माण र खेल क्षेत्रमा वढी चासो र सरोकार राख्ने गर्दछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापामा ओलीकै विशेष सल्लाह र निर्देशनमा झापाका गाउँपालिका र नगरपालिकामा टिकट वितरण गरिएको थियो भने इलाममा झलनाथ खनाल तथा रौतहटमा माधवकुमार नेपालको । पोखरेलले टिकट पाएसगै कनकाई नगरपालिकामा अव ५ पक्षिय भीडन्त हुने भएको छ ।
कांग्रेसपार्टीबाट एकराज उप्रेती र रमेश श्रेष्ठ मध्ये एक माओवादी केन्द्रबाट कृष्ण घिमिरे राप्रप्राबाट केदार गिरी र स्वतन्त्रबाट भीमप्रसाद अधिकारीले यस अघिनै आफुलाई मेयरको उम्मेद्धारका रुपमा दावी प्रस्तुत गरिसकेका छन् ।