मनोज खड्का /सुरुङ्गा
२८ सालमा जव खड्गप्रसाद ओली (केपी ) ले झापा विद्रोहको नाममा धमाधम मानिसका टाउको काट्दै थिए त्यसताका एकजना कांग्रेसी कवि हरिभक्त संग्रौलाले लेखेको एक कविता देशमै चर्चित बन्यो , हैन मैले ढाटेँको बामपन्थीले टाउको काटेको …….. ।
यीनै कविताको माध्यमबाट यी संग्रौलालाई तत्कालिन कांग्रेस नेता गिरीजाप्रसाद कोइरालाको विश्वासपात्र समेत बनाइदियो । विपि विचार ग्रामिण विकास परियोजनाका नाममा झापा , मोरङमा एनजिओ समेत चलाए , पछि परियोजनाको नाममा विपिको नामै वदनाम गरेको भन्दै यीनै कांग्रेसीजनले यी कविलाई लामो समय इलाका प्रहरी कार्यलय विर्तामोडमा थुनाए ।
नगरपालिका ३ कनकाई सुरुङ्गा निवासी संग्रौँला निक्कै रफ्तारमा कविता लेख्नसक्ने क्षमताकै कारण गाउँमा उनलाई सवैले आशुकविउपनामले वोलाउने गरिन्छ ।
यसवाट विच्चिएका कवि संग्रौला तत्कालिन पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेकपा माओवादीमा प्रवेश गरे सुरुङ्गामा । तर माओवादी पार्टी जति टुक्रा भयो सबै टुक्रामा सामेल बने कविजी जव जनमोर्चा र माओवादी पार्टी मिलेर एकिकृत माओवादी बन्यो कविजी मात्रिका यादवको माओवादीमा प्रवेश गरे । जव वैद्य माओवादीले प्रचण्डको साथ छाडे उनी वैद्य माओवादीमा प्रवेश गरे पछि वैद्यबाट फुटेर विप्लप माओवादी खडा भएपछि उनी विप्लप समुहका समेत निक्कै ठुला नेता वने ।
कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी संग्रौँला निक्कै रफ्तारमा कविता लेख्नसक्ने क्षमताकै कारण गाउँमा उनलाई सवैले आशुकविउपनामले वोलाउने गरिन्छ ।
उनी एकसाता अघिसम्म पनि विप्लप माओवादीका जिल्ला स्तरका नेता थिए तर जव विप्लप समुहले निर्वाचन विथोल्ने भन्दै प्रहरीले विप्लपका नेता कार्यकर्ता पक्राउगर्ने सुरु गर्यो निर्वाचन विथोल्नुपर्ने उनी लगाँयात सुरुङ्गा क्षेत्रका आधा दर्जन विप्लप नेता कार्यकर्ता बैद्य माओवादीमा प्रवेश गरे स्थानीय पत्रिकामा विज्ञप्ती छापेर ।
यी आधादर्जन कार्यकर्तामध्येका सिनियर यी नेता हरिभक्त संग्रौला भने आसन्न जेष्ठ ३१ गतेको स्थानीय निकायको निर्वाचनमा कनकाई नगरपालिकामा उपमेयरको उम्मेद्धार बनेका छन् । उनको पार्टी क्रान्तिकारी माओवादीले उनलाई उपमेयरमा उठाउने निर्णय समेत गरेको छ ।