नेकपा माओवादी केन्द्र झापाले आसन्न स्थानिय तहको निर्वाचनका लागि झापाकै केन्द्रविन्दु मानिने विर्तामोड नगरपालिकामा मेयर , उपमेयर सहित १० वटै वडामा उम्मेद्धारी घोषणा गरेको छ ।
शुक्रवार विर्तामोडमा आयोजित कार्यक्रमा माओवादी केन्द्रले उम्मेद्धारी घोषणा गरेको हो ।
पार्टीले मेयरमा लोकप्रिय युवा नेता सिपी कड्रिया र उपमेयरमा लक्ष्मी न्यौपाने सरुलाई उठाउने निर्णय गरेको छ ।
यसैगरी विर्तामोड नगरपालिकाको १ नम्बर वार्डअध्यक्षमा हाईकुमार राई , २ नम्बरमा नेठुलाल राजवंशी ३ नम्बर वार्डअध्यक्षमा चक्रप्रसाद विमली ४ नम्बर वार्डअध्यक्षमा जनबहादुर जवेगु ५ नम्बर वार्डअध्यक्षमा संचारकर्मी बीरबहादुर दर्नाल ६ नम्बरमा रामकृष्ण अधिकारी ७ नम्बरमा नन्दकुमार उप्रेती ८ नम्बरमा नवराज खतिवडा ९ नम्बरवार्डअध्यक्षमा मनप्रसाद लिम्बु र १० नम्बर वार्डअध्यक्षमा रिमानध्वज लोक्ताम रहनुभएको छ ।
पार्टीले नगरपालिकाको परिषद सदस्य र दलित महिला सदस्य गरि ५२ जना उम्मेद्धारको नामवली पार्टीका जिल्ला संयोजक मणिकुमार राई विजयले घोषणा गर्नुभएको हो ।
कार्यक्रममा पार्टीका १ नम्बर प्रदेश इन्चार्ज सावीत्रीकुमार काफ्ले समर , जिल्ला इन्चार्ज झलकसिंह दर्लामी शन्देश , सांसद मोहन टुडु लगायतले पार्टीले सिङ्गो एजेण्डामा विजय हासिल गरिसकेको भन्दै जनमत समेत माओवादी केन्द्रको पक्षमा आउने वताउँनुभयो ।