Kanakai Online

विद्यार्थी नेता भट्टराई ३३ वर्षमै मेयरका दावेदार


शुक्रवार, जेठ १२, २०७४ |

कनकाई अनलाईन
। नेकपा माओवादी केन्द्रले शिवसताक्षी नगरपालिकाको मेयरमा ३३ वर्षे विद्यार्थी नेता महेन्द्र भट्टराईलाई उठाउँने निर्णय गरेको छ । भट्टराई अखिल नेपाल विद्यार्थी संघ क्रान्तिकारीका केन्द्रिय सचिव समेत हुनुहुन्छ ।
शिवसताक्षी नगरपालिका दुधेमा आयोजित उम्मेद्धारी घोषणा कार्यक्रममा माओवादी केन्द्रकी नगर इन्चार्ज कल्पना कार्की भुमिकाले मेयरमा भट्टराई र उपमेयरमा कचाली ताजपुरियालाई उम्मेद्धार घोषणा गर्नुभयो । मेयरका उम्मेद्धार भट्टराई झापाका ठुला चारदलले घोषणा गरेका मेयरका उम्मेद्धारमध्येकै कान्छो उम्मेद्धार रहनुभएको छ । यसैगरी पार्टीले शिवसताक्षी नगरपालिकाको ११ वटै वार्डको वार्डअध्यक्ष र परिषद सदस्यको समेत उम्मेद्धार घोषणा गरिएको छ । जसमा वार्डनम्बर १ को वार्डअध्यक्षमा चर्चित फिल्म निर्देशक दुर्गा नेम्बाङ्ग र परिषद सदस्यहरुमा गोपीकृष्ण पोखरेल , लक्ष्मण तिस्सिना , महिला सदस्य कल्पना वुडाथोकी र दलित महिला सदस्यमा ज्योती रम्तेल, २ नम्बर वार्डअध्यक्षमा भीमबहादुर नेम्बाङ्ग परिषद सदस्यहरुमा दधिराम ढकाल र भुवन राई , महिला सदस्यमा लुखी सतार दलित महिलामा अनिता विश्वकर्मा । ३ नम्बर वार्डअध्यक्षमा बमवहादुर कार्की , परिषद सदस्यमा मनिकुमार लिम्बु र रामप्रसाद चापागाँई महिला सदस्यमा तुलसा लम्साल र दलित महिला सदस्यमा कुमारी विश्वकर्मा रहनुभएको छ । ४ नम्बर वार्डअध्यक्षमा शिव विमली सदस्यहरुमा विलास मिस्री र पंचम राजवंशी महिला सदस्यमा भीमा माझी राजवंशी र दलित महिला सदस्यमा लखिया ताती , ५ नम्बर वार्डअध्यक्षमा नरबहादुर लिम्बु , सदस्यहरुमा लक्ष्मी चुडाल र सहदेव ताजपुरीया महिला सदस्यमा गुलावी ताजपुरिया र दलित महिला सदस्यमा कौशिल्या पाशवान , ६ नम्बर वार्डअध्यक्षमा रमेशकुमार वुडाथोकी सदस्यहरुमा गंगा ताजपुरिया र ज्ञानु राजवंशी ,महिला सदस्यमा फुलकुमारी श्रेष्ठ र दलित महिला संदस्यमा शर्मिला विश्वकर्मा रहनुभएको छ । यसैगरी ७ नम्बर वार्डअध्यक्षमा गणेश बजगाँई सदस्यहरुमा मणिकुमार माझि र शान्तिराम पाठक , महिला सदस्यमा राधिका आर्चाय , दलित महिला सदस्यमा कल्पना दर्नाल रहनुभएको छ । ८ नम्बर वार्डअध्यक्षमा लक्ष्मीप्रसाद शिवाकोटी सदस्यहरुमा कुलबहादुर शेर्मा र विष्णुदास राई महिला सदस्यमा रिता थापा र दलित महिला सदस्यमा टिकामाया विश्वकर्मा ९ नम्बर वार्डअध्यक्षमा भरत नविन राई सदस्यहरुमा डिल्लीप्रसाद प्रसाई र गोमा अधिकारी महिला सदस्यमा देविका खनाल र दलित महिला सदस्यमा गोमा वस्याल रहनुभएको छ । यसैगरी १० नम्बरको वार्डअध्यक्षमा पुष्प पौडेल सदस्यहरुमा हरिप्रसाद सुवेदी र लालकुमार सेलिङ , महिला सदस्यमा गीता सुवेदी ढकाल र दलित महिलामा अम्बिका विक रहनुभएको छ । ११ नम्बर वार्डअध्यक्षमा साने राई सदस्यहरुमा हरिकुमार थापामगर र रुद्रप्रसाद खतिवडा , महिला सदस्यमा गायत्रा चापाँगाई र दलित महिलामा अन्जना विश्वकर्मा रहनुभएको छ ।
उम्मेद्धार घोषणा कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिति सदस्य एवम् प्रदेशनम्बर १ का इन्चार्ज गायत्रीकुमार काफ्ले समर , जिल्ला इन्चार्ज झलकसिंह दर्लामी शन्देश केन्द्रिय सल्लाहकार रामबहादुर राई लगाँयातले माओवादी केन्द्रकै पहलकदमीमा सिंहदरवारको अधिकार घरआगनमा ल्याउन सफ लबनेको भन्दैँ माओवादीको विजयले मात्रै अधिकार संस्थागत हुने वताउँनुभयो । यसैँगरी मेयरका उम्मेद्धार भट्टराईले युवामात्रको सचेत पहलकदमीले ठाउँको विकास हुने भन्दै आफु विजयी बनेमा अवका केहि वर्षभित्रै शिवसताक्षीलाई धार्मिक , तथा पर्यटकिय औद्योगिक नगरीका रुपमा विकास गर्ने दावी गर्नुभयो । कार्यक्रमको संचालन ढुण्डिराज गुरागाँई चन्दुले गर्नुभएको थियो ।