भारतीय सिने कलाकार तथा योगीहरुसमेत मन्त्री मुख्यमन्त्री बनिरहेको खबर आइरहेको वेला झापामा समेत खेलाडी पत्रकारहरु समेत आसन्न स्थानीय तहको निर्वाचनमा मुख्य पदमा उम्मेद्धारी दिएका छन् ।
झापा गाउँपालिकाको नेकपा एमालेका तर्फबाट अध्यक्षको उम्मेद्धार गजेन्द्र ताम्ली यस्ता व्याक्ति हुन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ उनी झापाको चर्चित क्लव झापा सेभेन फुटवल टिमका हालका समेट टिम क्याप्टेन हुन् ।
सो टिम अहिले पुर्वी नेपालमा धेरै उपाधिहरु जितेर सनसनी मच्चाइरहेको छ । मुख्य डिफेन्डर ताम्ली यस पहिले भलिवलका राष्ट्रिय खेलाडी थिए त्यसपछि उनी नेपाल भलिवल संघको केन्द्रिय वरिष्ठ उपाध्यक्ष बने त्यसवेला विश्वका ४० देश घुमेका उनले खेल क्षेत्रको विकासमा राज्यले सहि नेतृत्य पाएन भने विकास नहुने बुझेर सक्रिय राजनितिमा लागेको वताउँछन् ।
उनी चर्चित गित मुटु माग्यौ तिमीले मैले वाच्नुपर्दछका रचनाकार समेत हुन जुन गित अहिलेपनि रिङव्याकटोनमा नविर्से तिमीलाई पछि दोस्रो नम्बरमा रहेको छ ।
यी ४२ वर्षे युवा पहिले फुटवलका राम्रा खेलाडी थिए राम्रो खेल्दापनि फुटवलको राष्ट्रिय खेलाडीमा नपरेपछि भलिवलखेल्न थाले त्यहा उनले लामो समय भलिवलको राष्ट्रिय टिमबाट खेले पछि भलिवलकै नेत ाबने अर्थात नेपाल भलिवल संघका वरिष्ठ उपाध्यक्ष समेत बनेर खेल विकास र आफै खेलाडीको निति बनाउने तहमा पुगे । व्यावसायिक रुपमा समेत उनले इटहरीमा ठुलो लगानीमा हस्पिटल खोले , केहि समय मेनपावर व्यावसायमा लागे , साउदी अवरमा अरवीसग मिलेर आफै कम्पनी संचालन गरे र पछि हाल आएर शरणमती ६ झापामा चन्द्रज्योती मावि चलाएर वसेका छन् भने सम्भवत जिल्लाकै ठुलो माछापोखरी समेत संचालन गरिरहेका छन उनी शरणामतीमा ।
यतिधेरै संघ संस्था र खेलक्षेत्रमा लागेपनि हाल उनलाई चिनिने भनेकै चर्चित गित मुटुमाग्यौ तिमीलेका रचनाकार तथा खेलाडी भनेरै हो । राजनितिमा समेत सुरु देखिनै सक्रिय यी युवा अहिले झापा गाउँपालिकाका नेकपा एमालेका अध्यक्ष हुनुहुन्छ ।
उनी चर्चित गित मुटु माग्यौ तिमीले मैले वाच्नुपर्दछका रचनाकार समेत हुन जुन गित अहिलेपनि रिङव्याकटोनमा नविर्से तिमीलाई पछि दोस्रो नम्बरमा रहेको छ ।
विश्वका ४० मुलुकको भ्रमण गरेका यी युवा भन्छन् म मेरो गाउँको विकासका लागि कहाँ के कुराको कमी छ त्यसलाई कसरी व्यावस्थापन गर्नुपर्दछ भन्ने कुराको राम्रो जानकारी मलाई छ त्यसैले मैले यस क्षेत्रबाट उम्मेद्धारी दिएको हु ।
पार्टी र युवा सर्कललमाझ निक्कै लोकप्रिय मानिने यी युवा कांग्रेसका क्षेत्रिय सभापति जयनारायण शाह र माओवादी केन्द्रका लोकप्रिय नेता रुद्र बजँगाईसग चुनावी दौडमा रहनुभएको छ । खेल र संगित क्षेत्रमा देशमै सफल मानिने यी युवालाई राजनितिको क्षेत्रमा भने कतिको साथ मिल्ने हो यो भने थाहा पाउन महिना दिन कुर्नुपर्ने छ ।