कनकाई अनलाइन/बिर्तामोड
आसन्न दोस्रो चरणको निर्वाचनका लागि झापामा नयाँ शक्ति नेपालले ५ नगरपालिकामा आफ्ने उम्मेद्धारीको घोषणा गरेको छ ।
पार्टीका जिल्ला संयोजक कुमार क्षेत्रीका अनुसार विर्तामोड नगरपालिकामा उदय गुरुङ्गलाई मेयरपदका लागि उम्मेद्धारी दिने तयारी गरिएको छ । यसैगरी दमक नगरपालिकामा सतिस शाहलाई मेयरमा उठाउने निर्णय भएको छ ।
मेचीनगर नगरपालिकामा मेयरमा कनिका ढकाल र उपमेयरमा कान्छा हुमगाँई , अर्जुनधारामा मेयरमा देवकला प्रसाई र उपमेयरमा हरि घिमिरेलाई र भद्रपुर नगरपालिकाको उपमेयरमा मिङ्की कामतीलाई उम्मेद्धारघोषणा गरि चुनावप्रचारमा पार्टी निस्किएको संयोजक क्षेत्रीले बताउनुभयो ।
पार्टीले संघिय समाजवादीको निर्वाचन चिन्हमा पार्टी चुनाव लड्न लागेकाले समेत कतिपय स्थानमा फोरमसग तालमेलका लागि सबै क्षेत्रमा उम्मेद्धार उठाउन नसकिएको उहाँले बताउँनुभयो ।