Kanakai Online

झापा गाउँपालिकामा यस्ता छन् माओवादी केन्द्रका उम्मेदवार


बुधवार, जेठ १०, २०७४ |

कनकाई अनलाइन/सुरुङ्गा

दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र झापाले धमाधम आफ्नो उम्मेद्धार घोषणा सुरु गरेको  छ ।

सोमवार दक्षिणी झापाको झापा गाउँपालिकाको अध्यक्ष , उपाध्यक्ष र ६ वडाका वडाध्यक्ष र सदस्यहरुको विशेष कार्यक्रममकाविच माओवादी केन्द्रले उम्मेद्धार घोषणा गरेको हो ।

बाकी १ वार्डमा भने २ दिनभित्रै घोषणा गरिसक्ने पार्टीका जिल्ला इन्चार्ज झलकसिंह दर्लार्मी शन्देशले वताउँनुभयो ।

पार्टीले झापा गाउँपालिकाको अध्यक्षमा भुमिगत कालदेखिकै कार्याकर्ता रुद्र बजगाँईलाई र उपाध्यक्षमा पवित्रा राजवंशीलाई उम्मेद्धार बनाएको छ यसैगरी १ नम्बर वार्डमा वार्डअध्यक्षमा जोलिम मिया २ नम्बर वार्डमा तेजनारायण राजवंशी , ३ नम्बरमा देविप्रसाद अधिकारी , ४ नम्बरमा मुस्तफा मिया ६ नम्बरमा योगराज मैनाली र ७ नम्बर वार्डमा दिलिप कुमार दासलाई वार्डअध्यक्षको उम्मेद्धारी घोषणा गरिएको छ ।

उम्मेद्धारबनेका सबैलाई नेकपा माओवादी केन्द्रका प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनुभएका सावीत्रीकुमार काफ्ले समरले पार्टीको झण्डा र व्याज प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वोल्दै समरले माओवादीले पछिल्लो ७० सालको निर्वाचनमा भन्दा यस स्थानिय तहको निर्वाचनमा आफुलाई सुधारेर लगेको भन्दै पार्टीले सरकारमा रहेर गरेका कामहरुलाई समेत जनताको घरदैलोमा लैजानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार भानु बुडाथोकी लगायातका नेताले सम्बोधन गर्नुभएको थियो ।

यसैविच माओवादी केन्द्रले यसअगाडिनै झापाका १५ स्थानिय तहमध्ये दमक नगरपालिकामा मेयरमा गगन पुरी र उपमेयरमा शान्ता धिमाल , विर्तामोड नगरपालिकामा मेयर सिपी कड्रिया र उपमेयर लक्ष्मी न्यौपाने सरु , कमल नगरपालिकामा बिमल संग्रौला मेयर र गौरी राई उपमेयर घोषणा भएको छ ।

यसैगरी अर्जुनधारा नगरपालिकामा भुपेन्द्र न्यौपाने मेयर र अस्मिता तामाङ्ग उपमेयर , मेचीनगर नगरपालिकामा हशंलाल राजवंशी मेयर र इन्दिरा कार्की उपमेयर , कचनकवल गाउँपालिकामा हशंनारायण राजवंशी अध्यक्ष र इश्वरीमाया गाइने उपाध्यक्षको उम्मेद्धार बनाइएको माओवादी केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग विजयले बताउँनुभयो ।

यसैगरी हल्दिवारी गाउँपालिकामा समेत अध्यक्षमा तुलसीप्रसाद ओलीलाई उठाउने निर्णय भएको र उपाध्यक्षको भने निर्णय नभइसकेको राइले बताउँनुभयो । १५ स्थानीय तह रहेको झापामा बाकी स्थानहरुमा समेत अब केहि दिन भित्रै उम्मेद्धारी टुङ्गाउने राइले बताउनुभयो ।