कनकाई अनलाइन/सुरुंगा
स्थानीय निर्वाचनको मिति नजिकिर्दै जाँदा कनकाई नगरको राजधानी मानिने कनकाई ३ सुरुङ्गामा भने पाँच पक्षिय रोमांचक भीडन्तको संकेत मिलेको छ ।
कांग्रेसको गढ मानिने यो वार्डलाई तोड्न नेकपा एमाले सबैभन्दा अग्रपङ्तीमा प्रयासरत् रहेको छ । एमालेले यस क्षेत्रका निक्कै अनुभवी तथा एमालेका जिल्ला कमिटि सदस्य तथा पार्टीका तत्कालिन सुरुङ्गा गाउँ कमिटी अध्यक्ष समेत रहेका खेमनाथ मिश्रलाई २ महिना अगाडिदेखिनै वार्डअध्यक्षको उम्मेद्धारी सर्वसम्मत रुपमा घोषणा गरि प्रचारमा निस्किएको छ ।
तर कांग्रेसका तर्फबाट समेत यस क्षेत्रका चुनावी वादशाहकै रुपमा हेरिने अर्का समाजसेवी रुद्रप्रसाद चिमरिया समेत स्वेघोसित रुपमै खेमनाथ मिश्रसगै एकसाथ निर्वाचनका लागि भोट माग्न घरदैलो गरिरहेका छन् ।
कांग्रेसले कनकाई ३ बाट आजमात्रै रुद्रप्रसाद चिमरियालाई वार्डअध्यक्षका रुपमा टिकट दिने निर्णय गरीसकेको छ यो सगै यस क्षेत्रमा चुनावी रौनक निक्कै वढ्ने अड्कलवाजी गरिएको छ ।
कांग्रेसले वार्डमा महिला सदस्यका रुपमा पुराना कांग्रेसका दलित नेता पुर्णबहादुर दियालीकी बुहारी चेली दियालीलाई टिकट दिएको छ भने महिला सदस्यको टिकट भगवती कटुवाललाई कटुवाल कनकाई उवासंघकी सदस्य समेत हुन् ।
यसैगरी वार्डमापरिषदसदस्यको टिकट वार्डअध्यक्ष यदुनाथ अधिकारी र अर्जुन बोहोरालाई दिएको कांग्रेसको उच्च स्रोतले बताएको छ ।
तर यसको आधिकारीक पुष्टीभने हुन बाकी रहेको छ । वार्डअध्यक्षका उम्मेद्धार रुद्रप्रसाद चिमरियालाई पहिले नगरपालिकाको मेयरकै बलियो दावेदारका रुपमा हेरिएको थियो तर राजनैतिक पहुच नपुग्दा उनी वार्डअध्यक्षमै चित्त बुझाएको बुझिएको छ ।
कांग्रेसले कनकाई ३ बाट आजमात्रै रुद्रप्रसाद चिमरियालाई वार्डअध्यक्षका रुपमा टिकट दिने निर्णय गरीसकेको छ यो सगै यस क्षेत्रमा चुनावी रौनक निक्कै वढ्ने अड्कलवाजी गरिएको छ ।
उनी कनकाई सामुदायिक वन समुहका अध्यक्ष तथा तत्कालिन उद्योग वाणिज्य संघ सुरुङ्गाको २ कार्याकाल सम्म अध्यक्ष बनिसकेका छन् । जनप्रतिनिधिका रुपमा उनले ४३ सालमै तत्कालिन समयमा सुरुङ्गा गाउँ पंचायातको ६ नम्बर वार्डअध्यक्षका रुपमा कार्य गरिसकेका छन् ।
नेपालकै पुरानो सामुदायिक वन कनकाई सामुदायिक वनको अध्यक्षमा अत्याधिक मतले विजयी हुन सफल यी चिमरिया र उनको कांग्रेस पार्टीलाई यस क्षेत्रका जनताले रुख चिन्हमा कतिको भोट खसाल्छन यो थाहापाउँन भने आगामी असारको पहिलो सातासम्म कुर्नुको कुनै विकल्प छैन ।
एमालेका उम्मेद्धार मिश्रले लामो समय पार्टी र विभिन्न सामाजिक कार्यमा निरन्तर लागि परेका व्याक्ति हुन द्धन्द्धकालमा माओवादीको चरम यातना समेत पाएका यी एमाले नेतालाई पार्टीले भर्खरैमात्र देशभर पाएको चुनावी सफलताको रापतापले कतिको मद्धत पुग्ला यो पनि एकसाथ देख्न पाइनेछ ।
एमालेबाट महिला सदस्यमा कृष्णमाया खबास भुजेल र दलित सदस्यमा सुस्मा परियारलाई पार्टीले आधिकारिक टिकट दिएको छ हाल दुवै महिना भोट माग्न मतदाताको घरदैलोमा दौडिरहेका छन भने परिषद सदस्यमा छवि थपलिया र युवराज चम्लागाँइलाई पार्टीले टिकट दिएको छ ।
यसवारेमा आधिकारिक निर्णय भइसकेको तर पत्र थमाउन बाकी रहेको पनि बुझिएको छ । सक्ता घटक माओवादी केन्द्रको तर्फबाट तत्कालिन माओवादी जनयुद्धकालमा सुरुङ्गा जनसरकार प्रमुख समेत चलाइसकेका भक्ति पाठकलाई पार्टीले आधिकारीक रुपमा वार्डअध्यक्षको उम्मेद्धार बनाएको छ ।
पाठक सुरुङ्गा क्षेत्रका सम्भवत पुराना र स्थापित मजदुर नेता समेत हुन् । उनी पुराना कम्युनिस्ट नेता समेत हुन् । उनी माआृवादी केन्द्रका वार्डअध्यक्ष समेत हुन् , माओवादी केन्द्रले परिषद सदस्यमा पुर्व प्रहरी निरिक्षक (इन्सपेक्टर ) पदमप्रसाद मैनालीलाई टिकट दिएको छ उनी तत्कालिन २८ सालको झापा विद्रोहका योद्धा समेत हुन ् यसरी हेर्दा कनकाई ३मा अन्य पार्टीको तुलनामा माओवादी केन्द्रका नेता पुरानो इतिहास वोकेका योद्धाको वोलावाला रहेको पाइन्छ ।
माओवादी केन्द्रकै सदस्यमा टंक खतिवडा र दलित महिला सदस्यमा पार्वती विक र महिला सदस्यमा सीता पाठकलाई उम्मेद्धार बनाइएको छ ।
राप्रप्राका तर्फबाट धार्मिक ब्याक्तित्व नारायणप्रसाद पोखरेललाई वाडध्यक्षको उम्मेद्धार बनाइएको छ अन्यपार्टी भन्दा सर्वसम्मतरुपमा वार्डअध्यक्षको उम्मेद्धार पाएका यी नेतालाई कार्याकर्ताको प्राय सबै भोट आउने तथा युवापुस्तामाझ लोकप्रिय मानिने तथा खेलप्रेमीयुवाको समेत मत आउने अड्कल गरिएको छ ।
हिन्दु धर्म गौमाताजस्ता शब्दले धार्मिक व्याक्तिहरुको समेत मत तान्ने पोखरेललको सम्भावना रहेको छ । राप्रप्राबाट पार्टीकी महिला सदस्यमा महिला संघकी नगर अध्यक्ष समेत रहेकी नरमाया थापा दलित महिला सदस्यमा संगिता विक यसैगरी परिषद सदस्यमा हरिबहादुर सेढाँई र इन्द्रबहादुर थापा रहेका छन् ।
सेढाँइ भुपु प्रहरी हुन भने थापा कनकाई सामुदायिक वनका हालका उपाध्यक्ष समेत हुन् ।
यता स्वतन्त्रबाट उठेका सचिन लामा नेपाल स्वतन्त्र ढलान तथा जडान मजदुर संघ झापाका अध्यक्ष हुन उनी एमालेको मजदुर संगठनको क्षेत्रिय सदस्यबाट केहिसाता पहिलेमात्रै राजीनामा दिएर यो स्वतन्त्रको क्याम्पमा आएका हुन् । उनले मजदुर वर्गको मत ल्याउने अड्कल गरिएको छ ।
पछिल्लो समय कनकाईमा कम्युनिट पार्टी मजदुर वर्गसग प्राय सम्वन्ध विच्छेदकै अवस्थामा रहेकाले पनि यो मजदुर समुह निर्वाचनमा होमिएको वताइएको छ । स्वतन्त्रको परिषद सदस्यमा स्वतन्त्र जडान तथा ढलान मजदुर संगठनका नगर उपाध्यक्ष धनबहादुर बोगटी र महिला सदस्यमा टिकामाया गुरुङ्गलाई उठाइएको छ ।
कनकाई नगरकै सर्वाधिक मतदातासंङ्ख्या ५७४३ भएपनि धेरैजनाले उम्मेद्धारी दिने हँुदा १ हजार ३ सय मत ल्याउने उम्मेद्धारले वडाअध्यक्षको चुनाव जित्ने अड्कलवाजी गरिएको छ ।