कनकाई अनलाइन/सुरुंगा
झापाको मध्यभागमा रहेको कनकाई नगरपालिका जो कहिले बन्द हुदैनको नामले विश्वसामु परिचय बनायो । २५ हजार मतदाता रहेको यस नगरपालिकामा आगमी जेठ ३१ गते हुने निर्वाचनमा अव कम्तीमा ३ पक्षिय भिडन्त हुने निश्चित भएको छ ।
नगरमा वलियो उपस्थिति रहेको नेपाली कांग्रेस र एमालेविच चर्को प्रतिस्पर्धाको आंकलन गरिरहेका यहाँका मतदाता र चुनावी पंण्डितहरुले समेत पुर्व गाविस अध्यक्ष भीमप्रसाद अधिकारीले हालैमात्र कनकाई नगरपालिकामा आफ्नो स्वतन्त्र प्यानलनै खडा गरेर व्याक्तिगत घोषणापत्र सहित मत माग्न थालेपछि नगरमा अन्य दलले सामान्य उम्मेद्धार समेत खडा गर्न नसकीरहेको कतिपय वार्डमा दलले उम्मेद्धारी घोषणा गरेपनि तालमेल लगायातका कारणले अन्यौलता रहीरहदा भीमप्रसाद अधिकारीले अन्य २ वार्ड सहित मेयर र उपमेयर सहित उम्मेद्धारी घोषणा गरेका हुन् ।
उपमेयरमा नेपाली कांग्रेसका मजदुर फाटका पुर्व जिल्ला अध्यक्ष तथा आर्दश माविका विद्यालय व्यावस्थापन समितिका पुर्व अध्यक्षसमेत रहेका धर्मलाल राजवंशी उम्मेद्धारीमा छन् । राजवंशी जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष , जिविस सयन्त्रमा पार्टी प्रतिनिधि , नेपाल आदिवाशी जनजाति महासंघ कनकाई नगरका हालका अध्यक्ष रहेका छन् ।
राजवंशीले माध्यमिक शिक्षा पुरा गरेका छन् । यो स्वतन्त्रको टिम चुनावसम्ममा कनकाईको ९ वटै वार्डमा उम्मेद्धारी दिने तयारीमा छन् । तर यो समुहलाई चुनावचिन्हको समस्याले भने सताउने देखिएको छ ।
समुहमा रहने भीम अधिकारी आफ्ैपनि कुनै दाग र आरोप नलागेका व्याक्ति हुनाले मिडिया र अन्य मतदाताको सामु काठमाडौँका मेयरका चर्चित अनुवारहरु रन्जु दर्शना लगायातकै हाराहारीमा यो समुह चर्चामा रहेको छ । स्वतन्त्रको टिममा ३ नम्बर वार्ड अध्यक्षको उम्मेद्धारका रुपमा सचिन लामालाई उठाएको छ उनी एमालेको क्षेत्रिय सदस्यको पदबाट राजीनामा दिएर यो क्याम्पमा वार्डअध्यक्षको उम्मेद्धार
बन्न लागेका हुन् ।
मजदुर नाइके उनी नेपाल स्वतन्त्र जडान तथा ढलान मजदुर संघका जिल्ला अध्यक्ष समेत हुन् । ४ नम्बरको अध्यक्षमा देवेन्द्र कार्की उठेका छन् उनी गत २०५४ सालको निर्वाचनमा समेत वाडअध्यक्षको उम्मेद्धारको प्रत्यासी रहेका थिए । ३ नम्बर वार्डको वडासदस्यको रुपमा धनबहादुर बोगटी र महिला सदस्यको रुपमा टिकामाया गुरुङ्ग रहेकी छिन् । वोगटी नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियानका नगर उपाध्यक्ष हुन भने गुरुङ्ग सदस्य , ४ नम्बर वार्डको सदस्यमा पर्शुराम अधिकारी र महिला सदस्यमा विनिता भट्टराईले उम्मेद्धारी दिएकी छिन् ।
नेकपा एमालेका तर्फबाट यस क्षेत्रमा हालसम्म पनि उम्मेद्धारीको टुङ्गो लाग्न सकेको छैन् ।
हिरा थापा र राजेन्द्र पोखरेल सर्वाधिक चर्चामा रहेका २ नामहरुहुन एमालेले उम्मेद्धारको मापदण्ड बनाएकोमा यी दुवैजनामा आधाआधा गुण लुकेको कार्याकर्ता बताउछँन तर नगरपालिकाको जितहारले राष्ट्रिय राजनितिमै पनि प्रभाव पार्ने र तुरुन्तै आउनलागेको प्रदेश र राष्ट्रिय सांसदको चुनावमा समेत यस परिणामले असर पार्ने हुदा कोहिपनि एमालेजन यो खतरा मोल्न तयार देखिदैन कनकाई नगरको मेयरलाई सम्भावित क्षेत्रनम्बर ४ को सांसदका रुपमा समेत हेरिने गरेको छ ।
तर दुभाग्य कनकाई नगरक्षेत्र हरेक हिसावले चेतनशील भएरपनि राष्ट्रिय राजनितिमा प्रभाव पार्ने कोहिपनि राष्ट्रिय नेता यस ठाउँले जन्माउन भने नसकेको मतदाताको गुनासो रहेको छ । एक मतदाता प्रश्न गर्छन खोइ हाम्रा प्रतिनिधि जसले कम्तीमा सहायाक मन्त्री बन्ने सम्म सपना देखोस । एमालेले जिल्लाभर चुनावी तालमेल गरेमा प्रमुख आफुले लिएर उपमेयर राप्रप्रालाई दिने निश्चित छ , जुन उपमेयरका रुपमा राप्रप्रा बाट केदार गिरी उठ्ने प्राय निश्चित भएको राप्रप्राका नेता बताउँछन् । राप्रप्राबाट गिरी मेयर र उपमेयरमा चित्रा श्रेष्ठको नाम सर्वसम्मत भएको राप्रप्राका नगर अध्यक्ष ज्योतीकुमार उप्रेती बताउँछन् । तालमेल बन्न नसकेको खण्डमा राप्रप्राको तर्फबाट गिरी र श्रेष्ठले आधिकारीक चुनाव लड्नुपर्ने अवस्था रहेको छ , जुन जोखिम उठाउने तयारीमा राप्रप्रा नरहेको बुझिएको छ । हाल एमालेका तर्फबाट प्रदेश सदस्य समेत रहेका हिरा थापा र समाजसेवीकै नामबाट भएपनि राजेन्द्र पोखरेल हरेक कार्याक्रममा उतिक्कै सक्रिय देखिने गरेका छन् ।
जुनकुरालाई मतदाताले समेत मेयरको तयारीका रुपमा बुझेका छन् । मेयरका रुपमा चर्चामा ल्याइएका अर्का व्याक्ति चन्द्रमोहन उप्रेती यो मितिसम्म प्राय कहिपनि खुलेर नहिडेकाले उनको उम्मेद्धारीमा खासै रुचि नरहेको एक कार्याकर्ता बताउँछन् ।
नेपाली कांग्रेसमा सवैभन्दा पहिले मेयरको स्वघोषणा गरेर प्रचारमा निस्किएका व्याक्ति रमेश श्रेष्ठ हुन । उनी यस क्षेत्रका सर्वाधिक जनताको काम गर्ने र खट्ने नेताको रुपमा परिचित छन् तर राजनिति र मायाप्रेममा कुनैपनि कुरा असम्भव हुदैन भनेझै हाल आएर कांग्रेसमा अर्का युवा नेता एकराज उप्रेतीको नाम चर्चामा रहेको छ ।
कांग्रेसका उच्च नेतासगको पहुचका आधारमा पनि यसपल्टको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसले एकराज उप्रेतीलाई टिकट दिने सम्भावना बढेको कांग्रेस स्रोतले बताएको छ । सामाजिक संघ संस्थालाई आर्थिक सहयोग दिन तथा युवा र अन्य कार्यकर्तालाई परेको वेला आर्थिक सहयाताका लागि कुनै कसर बाकी नराख्ने यी युवा व्यावसायीलाई यस क्षेत्रका मानिसहरुले उनलाई एक समाजसेवी चिरन्जिवि उप्रेतीका छोरा र सफल ब्यावसायीका रुपमा सवैले चिन्ने गरेका छन् ।
राजनितिमा उनको यो पहिलो कदम हो , एमाओवादीसग चुनावी तालमेल गर्ने र कनकाई कांग्रेसमा भएको गुटको राजनितिलाई निस्तेज पारेर माओवादी र कांग्रेसको सवै मत बटुलेर चुनाव जित्ने रणनितिमा कांग्रेस रहेको बुझिएको छ तर कनकाई नगरको ३ , ४ र ५ नम्बरवार्डमा पार्टी र नाताबाहेकको मत ल्याउन नसक्नेहो भने जो कोहिपनि उम्मेद्धारलाई चुनाव जित्नु निक्कै सकसको कुरा रहेको कार्याकर्ताको बुझाई छ । माओवादी केन्द्रले कनकाईमा चुनावको मुखमा आएर मेयरका उम्मेद्धारका रुपमा हेरिएका इमान्दार नेता लक्ष्मी गुरुङ्ग सहित सुरुङ्गाका प्रतिष्ठित नेताले पार्टी छाडेपछि नगरपालिकाको राजधानी सुरुङ्गा क्षेत्रमा माओवादी केन्द्र शोकमा रहेको बुझिएको छ ।
पार्टीको ६ , ७ र १ नम्बर वार्डमा निक्कै राम्रो कार्याकर्ता परिचालन भएपनि अन्य वार्डमा कमजोर उपस्थिति रहेकाले कांग्रेससग चुनावी तालमेलकोलागि कार्यकर्ताबाटै दबाव आएको बुझिएको छ । पार्टीले सबै वार्डमा वाडअध्यक्षको घोषणा गरेर पनि पत्रपत्रिकामा सार्वजनिक सम्म नगरेको सो पार्टीले वार्डसम्मै चुनावी तालमेल गर्न उम्मेद्धारको सार्वजनिक नगरेको बुझिएको छ । पार्टीको निर्वाचन परिचालन कमिटिका संयोजक पुरषोत्तम चुडाल राजु गत २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा समेत यस क्षेत्रको उम्मेद्धार बनिसकेका व्याक्ति हुनाले उनले सो नगरमा पार्टी निर्माण र तालमेलमा खटिरहेका छन् ।
पार्टी र उम्मेद्धारको सफलताले समेत उनको यस क्षेत्रमा राजनैतिक जिवनको समेत छिनोफानो गर्ने हुदा चुडालले यो चुनावलाई आफु र पार्टीको प्रतिष्ठाको लडाई बनाएर लागेका छन् । यसरी कनकाईमा चुनावी तालमेल भएमा कांग्रेस माओवादी , एमाले राप्रप्रा र स्वतन्त्र भीमप्रसाद अधिकारीको प्यानलविच प्रतिस्पर्धाहुने देखिन्छ भने तालमेल नभएमा माओवादी केन्द्र र राप्रप्राको प्यानलसमेत चुनावी मैदानमा आउनेछन् ।