कनकाई । झापाको कनकाई नगरपालिका को दुइ वटा वडाबाट वडा अध्यक्षमा बाबु छोरी नै उम्मेदवारी बन्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट वडा नं. ४ मा पिता गोविन्द प्र्रसाद चापागाईं र वडा नं. ३ बाट अम्बिका चापागाईं सुवेदीको वडाअध्यक्षमा उम्मेदवार बनाइने भएको हो ।
गोविन्द माओवादी केन्द्रका ४ नं. वडा का वडाध्यक्ष तथा गत ०५४ सालको स्थानीय चुनावमा समेत सोही वडा बाट तत्कालीत नेकपा एमालेको तर्फबाट निर्वाचनमा सहभागी भइ विजयी भएकाा थिए भने छोरी अम्बिका चापागाईं माओवादी निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकी कनकाई नगर कमिटी उपाध्यक्ष समेत हुन् ।
उनी सुरुंगा खानेपानीको भर्खरै भएको निर्वाचनमा समेत अत्याधिक मत ल्याइ सदस्यमा निर्वाचित भएकी थिइन् ।
पाटीृले सो नगरपाकिलाको ९ वटा वडा मध्ये आठ वटा वडामा वडाअध्यक्षको उमेदवारी टुंगो लगाइसकेको माओवादी केन्द्रका कनकाई नगर इञ्चार्ज गोपाल प्रसाईंले बताउनुभयो ।


