झापाको दुधेमा जारी दूधे गोल्डकपमा मोरङ्ग ११ लाई ४ – ० गोल अन्तरले हराउँदै काठमाण्डौको चर्च व्वइज क्बल फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमी फाइनल खेलमा चर्च व्वइजले एक पक्षिय जीत निकाल्दै फाइनलको यात्रा तय गरेको हो । चर्च व्वइजका तर्फबाट विदेशी खेलाडी अल्वा मिस्सी नायक बन्नुभयो । उहाँले प्रतियोगितामा लगातर २ गोल गर्नु भयो ।
मिस्सीले खेलको पहिलो हापको ३२ औं मिनेट र दोश्रो हापको २३ औ मिनेटमा लगातार गोल गर्नु भयो । चर्च व्वइजका लागि विदेशी खेलाडी अजय मार्टिन र अरुण श्रेष्ठले थप १÷१ गोल गर्नु भयो । चर्च व्वइजका लागि २ गोल गर्ने मिस्सी खेलको म्यान अफ दी म्याच हुनु भयो र उहाँले नगद पाँचहजार पुरस्कार पाउनु भयो । चच व्वइजका लागि खेलको ९ मिनेटमा बर्षात गुरुङ्गको पासमा अरुण श्रेष्ठले वान भर्सेस वान गोल गर्दै खाता खोल्नु भएको थियो भने ३२ औं मिनेटमा मिस्सीको ठूलो डिबक्स बाहिरबाट गरेको कडा प्रहार मोरङ्गका गोल किपर सूर्य अधिकारीले रोक्न नसक्दा अग्रता दोब्बर भएको थियो ।
तेश्रो गोल मार्टिनले गोल पोष्ट नजिकैबाट गोल किप्परलाई छकाउँदै आकर्षक गोल गर्नु भएको थियो । चौथो गोल मिस्सीले गरेको फल प्रहार मोरङ्गका गोल किपर अधिकारीको हातबाट फुत्किता गोल हुन पुग्यो । खेल अवधिभर मोरङ्गले गोलका केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न नसक्दा मोरङ्गले फराकिलो हारको सामाना गर्नु प¥यो । खेलको २३ औं मिनेटमा मोरङ्गका टिम क्याप्टेन दिपक राईको प्रहार थोरै गोल पोष्ट माथिबाट बाहिरिएको थियो । सोमबारको अन्तिम सेमीफाइनले खेल हिमालयन सेर्पा र एपिएफ क्लब विच हुने छ ।
दुधे युथ क्लबको आयोजनामा सञ्चालन भइरहेको गोल्ड कपको प्रथम र द्वितिय हुने टिमले नगद ३ लाख १ हजार र १ लाख ५१ हजार पाउँने छन् ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति