Kanakai Online

मकर स्नान गर्ने र मेला भर्नेको भीड


सोमवार, माघ १, २०८० |

कनकाई अनलाईन
झापाको पवित्र मानिने कनकाई माईको दुबै किनारामा आज (माघ १ गते ) मकर संग्रातिमा मकर स्नान गर्न र माइवेनी मेला भर्नका लागि हज्जारौको सङ्ख्यामा भक्तजनको भीड बढेको छ ।


मकर स्नान गर्न विहान ३ बजेदेखिनै नेपाल तथा भारत, भुटानबाट समेत हज्जारौको सङ्ख्यामा भक्तजनहरु कनकाई माईको दुबै किनारामा भक्तजनहरुको भीड जम्मा भएको कनकाई माईवेनी मेला व्यावस्थापन समितिका अध्यक्ष पुर्ण लिम्बुले बताउँनुभयो । मेला व्यावस्थापनका लागि ४०१ सदस्यीय मेलामा स्वयम सेवक र नेपाल प्रहरी, सशस्त्र प्रहरी र यातायातको व्यावस्थापनका लागि समेत ट्राफिक प्रहरी खटिआएको लिम्बुले बताउँनुभयो ।

मकर संग्रातिको अवशरमा यस क्षेत्रमा पुर्वकै ठुलो माईवेनी मेला लाग्दै आएको छ । पुस २८ गतेदेखिनै सुरु भएको माईवेनी मेला माघ २ गतेसम्म कनकाई माई नदिको दुबै किनारामा लाग्दै आएको छ । मेला भर्नका लागि भनेर माघ १ गते र २ गतेका दिन समेत स्थानीय सरकारले कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकामा दुई दिनसम्म सार्वजनिक विदा समेत दिइसकेका छन ।

\


मकर संक्रान्तिका दिन कनकाई माईमा मकर स्नान गरेर तिलको लडडु, तरुल खाएर तिलको आगो ताप्नाले मकोकामना पुरा हुने, छालाको रोग नलाग्ने जनविश्वास रहिआएको छ । माईवेनी मेलामा विभिन्न खाद्य परिकार र खेल तमासाहरु राखिएको छ भने मकर स्नान गर्न आउनेहरुको सुविधालाई ध्यानमा राखेर ठाउँ ठाउँमा आगो ताप्ने व्यावस्था समेत मिलाइएको कनकाई माईवेनी मेलाका संयोजक समेत रहनुभएका बाबु लिम्बुले बताउँनुभयो । मेला भर्न आउनेहरुका लागि उचित ट्राफिक व्यावस्थापन र वारीपारि गर्नका लागि कनकाई नदिमै अस्थायी पुल समेत बनाइएपछि कनकाई माईपुलमा सवारी आवगमन समेत सहज भएको छ ।