कनकाई अनलाईन
सुरुङ्गा । महिला खेलाडीहरुको अन्तनिहित क्षमता प्रस्फुटन गर्ने उदेश्यले झापा सुरुङ्गामा आजदेखि सुरुङ्गामा जिल्लास्तरीय महिला फुटवल प्रतियोगिता हुने भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको यो तेस्रो संस्करण हो । आयोजक कनकाई खेलकुद प्रतिष्ठान सहित झापाका ८ वटा महिला फुटबल टिमको सहभागिता रहने प्रतियोगितामा विजयी र उपविजयी हुने टिमले क्रमश नगद ५५ हजार र ३५ हजार पाउने खेल संयोजक राजेन्द्रकुमार उप्रेतीले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो । आजको उदघाटन खेल आयोजक कनकाई खेलकुद प्रतिष्ठान कासा ११ सुरुङ्गा र झापा गाउँपालिकाको महिला टिमविच फुटबल हुने उपाध्यक्ष झलक सिटौलाले जानकारी दिनुभयो । गेमको उदघाटन माननीय हिरा थापाले कनकाई माविको खेल मैदानमा दिउसो २ बजे गदै हुनुहुन्छ ।