Kanakai Online

लायन्स क्लवको पदस्थापनामा साहित्यकार तूलसीदास सम्मानित


शुक्रवार, भदौ १६, २०७४ |

कनकाई अनलाईन
कनकाई । लायन्स क्लव अप कनकाई सुरुङ्गाले पहिलो पदस्थापना कार्यक्रमको अवशरपारेर यस क्षेत्रका अग्रज साहित्यकार, अग्रज सञ्चारकर्मी तथा शिक्षासेवी तुलसीदास श्रेष्ठलाई उत्कृष्ट नागरिक २०७४ मा अभिनन्दन गरेको छ ।
बुधवार सुरुङ्गा स्थित जेसिज भवनमा आयोजित उक्त कार्यक्रममा आफ्नो संस्थाको सदस्थापना संगसँगै लीयो क्लब अफ कनकाई सुरुङ्गा र लायन्स क्लब शिवशताक्षीको समेतको विधिवत स्थापना गरिएको थियो ।

 
 
 
 
 
लायन्स क्लव ३२५ब्१ का डिस्टिक गर्भनर लीलाकुमार ढुङ्गेद्वारा साहित्यकार श्रेष्ठलाई दोसल्ला ओडाएर ताम्रापत्र समेतले अभिनन्दन गरिएको थियो । करिव ५ दशक सम्म शिक्षण पेशा रहनु भएका श्रेष्ठका आधा दर्जन साहित्यीक कृतिहरु प्रकाशित भइसकेका छन् भने हाल सम्म पनि साहित्य र पत्रकारितामा कलम चलाइरहेका छन् ।
 

 
 
 
उक्त कार्यक्रममा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टटर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाले वर्ष २०१७ का अध्यक्ष शुरेन्द्र प्रधानलाई ग्यावल सहित आफ्नो पदभार हस्तानतरण गरेका थिए । यसै गरी प्रथम, दितिय र त्रितिय उपाध्यक्षमा क्रमशः रुपनारायण खतिवडा, प्रभाखर कडरिया र जनक कार्की, सचिव मनोज बस्नेत, कोषाध्यक्ष साजन थापा, क्लब कोअडिनेटर भरतकुमार अधिकारी, सह सचिव सञ्जय गजुरेल, सह कोषध्यक्ष त्रिलोचन उप्रेती, ट्यामर सन्दिपबाबु प्रसाई, टेलस्वीटर पंकज मण्डल, मेम्बरसिप चियरपर्शन गंगाराम दाहाल, लिडरसिप डेभलपमेन्ट अफिसर तिर्थराज खरेल, पि.आर.सि.ओ राजकुमार कट्टेल लगायतलाई आ–आफ्नो हस्तानतरण गरिएको थियो ।
क्लबका चार्टटर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, पूर्व डिस्टिक गभर्ननर भिम घिमिरे, दितिय भाईस डिस्टिक गर्भनर राजन खत्री, प्रथम भाईस डिस्टिक गर्भनर अनन्त भेटवाल, रिजन चियरपर्शन अजय अग्रवाल, नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी, नेपाली कांग्रेस झापा जिल्ला पुर्व उपसभापती देउमान थेवे, प्यारागन एकाडेमीका अध्यक्ष चम्पा सुवेदी, लायन्स क्लब अफ शिभशत्ताक्षीका चार्टर प्रेसिडेण्ट याम काफ्ले, लीयो क्लब अफ कनकाई सुरुङ्गाका चार्टटर प्रेसिडेण्ट पंकज खड्का, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका प्रेसिडेन्ट शुरेन्द्र प्रधान लगायतले मन्तव्य राखेका थिए ।
लायन्स क्लब अफ कनकाई सुरुङ्गा सेक्रेटी मनोज बस्नेत र जोयन्ट ट्रेजरर त्रिलोचन उप्रतीले सञ्चालन गरेको कार्यक्रममा सहायक रथि न. २१ वाहिनी अड्डा तोपगाछीका प्रमुख बालकृष्ण कार्की, बरिष्ठ प्रहरी उपरिक्षक अञ्चल प्रहरी कार्यलय मेची अञ्चल प्रमुख पिताम्बर अधिकारी, क्याविनेट ट्रेजरर रेवत बहादुर काकाई, क्याविनेट सेक्रेटर शिव रिजाल, सिरनियर एरिया कोअडिनेटर विजय कार्की, टंक बहादुर श्रेष्ठ, लायन अजिता बराल, क्याम्पस प्रमुख टंकबहादुर कार्की, जग्गादाता पवित्रा सुवेदी, कालिबहादुर गण चारआलीका प्रमुख सेनानी सरोज अधिकारी, प्रहरी उपरिक्षक जिल्लाप्रहरी कार्यलय झापाका प्रमुख विष्णु के. सि., प्रहरी उपरिक्षक शसस्त्र प्रहरी सिमा सुरक्षाबल झापाका प्रमुख रमेश सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यलय, झापा प्रमुख ढुण्डीराज गिरी, ईलाका प्रहरी कार्यलय विर्तामोड प्रमुख राजकुमार सेलवाल, ईलाका प्रहरी कार्यालय सुरुङ्गा प्रमुख प्रदिप कुमार सिह क्षेत्री, नेपाली कांग्रेस कनकाई नगर सभापति नेत्रप्रसाद चिमरिया, एमाले नगर सचिव रविन्द्र लम्साल, सुरुङ्गा जेसिजका उपाध्यक्ष पंकज मैनाली, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, कनकाई विहानी क्लबका सदस्य रीता उप्रेती, सहकार्य युवा क्लबका अध्यक्ष शुदिप भण्डारी, मार्गदर्शन नेपालका अध्यक्ष दुर्गा प्रसाई लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिको हातवाट विरुवामा पानी हालेर उद्घाटन गरेको कार्यक्रममा सम्मानित व्यत्तित्व श्रेष्टले लायन्स क्लबलाई धेरै–धेरै शुभकामना सहित अगाडी बढ्नको लागि प्रेरणा दिएको कार्यक्रमका संम्योजक रुपनारायण खवितवाड र टिका खतिवडाले आफ्ना स्व. बुबा अग्निधर खतिवडाको स्मृतिमा १० लाख बढी मुल्य बराबरको कनकाई–३ को १० धुर जमिन समेत प्रधान गर्ने कुराको घोषणा गरेका थिए ।

सम्बन्धित खबर