Kanakai Online

एमालेले प्रतिपक्षमै बसेर बहुमत ल्याउँछः झलनाथ


बिहिवार, जेठ ४, २०७४ |

लीलाराज झापाली/बिर्तामोड 

नेकपा एमालेका नेता तथा पुर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले प्रतिपक्षमै बसेर चुनाव लड्ने भन्दै सरकारमा जाने सम्भावना नभएको बताउँनुभएको छ ।

विहिबार विर्तामोडमा प्रेस चौतारीद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले सरकारमा नवसीपनि ठुलो पार्टी बन्न सकिन्छ भन्ने दृष्टान्त एमालेले प्रस्तुत गरेको बताउँनुभयो ।

उहाँले हाल आएको स्थानिय निकायको चुनावी परिणामभन्दा सुधार भएर जाने बताउँनुभयो । यहाँले पहिलो चरणको चुनावी तालमेलले धेरैकुरा सिकाएको भन्दै पहिलो चरणको निर्वाचनको चुनावी तालमेलको समिक्षापछि मात्रै दोस्रो चरणमा चुनावी तालमेल गरिने वताउँनुभयो ।

तालमेलले सवैलाई असफल बनाएको भन्दै यसवाट पार्टीले शिक्षा लिएरमात्रै अगाडि वढ्ने बताउँनुभयो । पहिलो चरणको चुनावी तालमेलले समग्रमा तालमेलको राजनितिनै फलदायी हुन्छ कि हुदैँन भन्ने कुराको प्रश्न श्रृजना गरिदिएको भन्दै पहिलो चरणको निर्वाचनको गंम्भिर समिक्षापछि मात्रै तालमेलले निरन्तरता पाउने वताउँनुभयो ।

उहाँले पहिलो चरणको निर्वाचनले दोस्रो चरणको र प्रदेश र सांंसदको निर्वाचनका लागि समेत अनुकुल वातावरण बनाएको भन्दै संविधानको कार्यान्वयनका लागि सवैदल चनाखो भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

संविधान संसोधन सम्बन्धि एक प्रश्नमा खनालले संविधानको संसोधन संंघिय सांसदले मात्रै गर्न सक्ने भन्दै यसमा समय गुजारेर माघ ७ गुर्जानु नहुने भन्दै संविधानको कार्यान्वयनमा लाग्न सबैमा जोड दिनुभयो ।

उहाँले टिकापुर लगाँयातका घटनाका संग्लनलाई छुट दिनेकुराप्रति एमालेको कुनै सहमति नरहने बताउँनुभयो , राजनैतिक आवरणमा हुने कुनैपनि आपाराधिक घटनालाई कुनैपनि आधारमा छुट दिन नमिल्ने बताउँनुभएको छ , कतिपय राजनैतिक आन्दोलनका क्रममा भएको घटनाहरुलाई छुट दिन सकिन्छ तर ती संगिन र आपाराधिक गतिविधिलाई कुनैपनि हालतमा छुट दिन सकिदैँन् भन्दै पार्टी यसकुरामा सहमत नहुने वताउनुभयो ।

खनालले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट राजिनामा दिदा आगामी निर्वाचनमा कुनै असर नपुग्ने समेत बताउँनसभयो ।

यो कांग्रेस माओवादीको समजदारीहो उहाँहरुले सरकार चलाउनुहुन्छ हामी सरकारमै नरहिकनपनि चुनावमा ठुलो बन्न सकिन्छ भन्ने नजिर वसाउन चाहन्छौ उहाँले भन्नुभयो ।

खनाल स्थानिय निर्वाचनको तयारीका लागि आफ्नो गृहजिल्ला इलाम जानेक्रममा विर्तामोडमा पत्रकार सम्मेलनमा सहभागि हुनुभएको हो ।