Kanakai Online

कनकाईका सुकुम्वासीसामु भुमिसुधार मन्त्रीले भनिन , अबका कुनै सरकारले सुकुम्वासी समस्यालाई चुनावी नारा नबनाउनेगरी समस्याको हल गछौ


सोमवार, कार्तिक १७, २०८३ |

कनकाई अनलाईन
संघिय सरकारकी संघिय मामिला तथा सामान्य प्रशासन तथा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले अब पनि सुकुम्वासी र लालपुर्जाको विषयलाई चुनावी एजेण्डा नबनाउनेगरी सरकारले काम थालेको बताउँनुभएको छ ।
सोमवार आज झापाको कनकाई नगरपालिका ७ स्थित सुकुम्वासी बस्तीको अवलोकपछि आयोजित कार्यक्रममा बोल्नुहुदै मन्त्री रावलले रास्वपा सरकारले त झन यसलाई एजेण्डा कुनै हालतमा नबनाउने भन्दै अन्य दल समेतले सुकुम्वासी अव्यवस्थित बसोबासी र भुमिहिन दलितका कुनैपनि जमिन सम्बन्धि नारालाई चुनावी नारा बन्न नदिनेगरी सबै समस्या चाडो भन्दा चाडो हल गर्ने बताउँनुभयो । नयाँ सरकार बन्दा पनि प्रधानमन्त्रीले धनीपुर्जाको समस्या समाधानका लागि एक हजार दिनको समयसिमा तोकेको भएपनि त्यो भन्दा पहिलेनै समस्या समाधान गर्ने गरी सरकारले तयारी थालिसकेको मन्त्री रावलले बताउँनुभयो ।
सांसदले यसलाई चाहिने आवश्यक सबै कानुनहरु अध्यायदेशमार्फत ल्याइसकेको र आवश्यक परेमा पुन कानुन परिमार्जन गर्नका लागि समेत सरकार तयार रहेको मन्त्री रावलले बताउँनुभयो । यसअगाडिका धेरै सरकारले आश्वासन मात्रै दिनेगरेको भन्ने जनतामा गुनासो रहेको भन्दै यो सरकारले चाहि काम गरेरै छाडने बताउँनुभयो । यसैविच मन्त्री रावलले लामो समयदेखि अड्किएर बसेको रेलमार्गका जग्गाधनीहरुका लागि समेत सरकारले सकेसम्म चाडै मुआब्जा वितरणको कामलाई समेत तीव्रता दिने बताउँनुभयो ।
कार्यक्रममा बोल्नुहुदै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले धनीपुर्जा वितरणका कतिपय नितिगत समस्याहरु सरकारले अध्यायदेशमार्फत खोलेका कारण अब काममा कुनै बाधा व्यावधान नरहेको बताउँनुभयो । सरकारले बनाएरको जिल्ला स्तरीय धनीपुर्जा वितरण समितिको संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी पोखरेलले धनीपुर्जा वितरणका लागि लागि अब जग्गा दर्ता प्रक्रिया तीव्र बनेर जाने बताउँनुभयो । यता रेलवेका लागि सरकारले पुर्वपश्चिम सर्वे गरेर केहि जग्गाहरु रोक्का राखेको तर मुआब्जा दिएर निर्माण प्रक्रिया सुरु नगरेका कारण समस्या रहेको र यस समस्यालाई केन्द्र सरकारमा पुन पठाइसकिएको बताउँनुभयो ।
यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सरकार चाडो
अध्यादेशमार्फत भुमि ऐन नल्याउँदा नगरपालिका क्षेत्रमा ७ हजार भन्दा बढी जग्गा धनीपुर्जाको निस्सा वितरण गरेर पनि धनीपुर्जा वितरण गर्न नसकेको बताउँनुभयो । अहिलेको सरकारले ल्याएका अध्यादेशबाट अब भने जनतालाई धनीपुर्जा वितरणको काम गर्न सक्ने वातावरण बनेको नगरप्रमुख पोखरेलको भनाई थियो ।
कार्यक्रममा कनकाई नगरपालिका ७ का वडाअध्यक्ष भीष्मभुषण सिटौला, ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली लगायातले जग्गाधनीपुर्जाको समस्याका वारेमा जानकारी गराउँनुभएको थियो ।
मन्त्री रावलले सोमवारनै झापाका सबै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत र कार्यालय प्रमुखहरुलाई भेटि झापामा जग्गाधनीपुर्जा वितरणको विलम्बको वारेमा सचेत गराउँनुभएको थियो । सरकारले जनतालाई धनीपुुर्जा वितरणका लागि कस्तो र कति छिटो कानुन बनाउनुपर्छ त्यो सबै गर्न तयार छ तर तपाईहरुपनि तयार रहनुपर्छ मन्त्री रावलले भन्नुभयो । झापामा हालसम्म धनीपुर्जा वितरणको कार्यप्रगतिवारेमा मन्त्री रावलको गुनासो रहेको थियो । कार्यक्रममा माननीय झापा क्षेत्रनम्बर ३ का सांसद प्रकाश पाठक, ४ का सम्भु ढकाल, सांसद रमेश प्रसाई लगायातको सहभागता रहेको थियो ।







सम्बन्धित खबर