Kanakai Online

सुरुङ्गामा प्रथम पटक पावरलिफटिङ प्रतियोगिता हुदै


मङ्गलवार, कार्तिक ११, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा पहिलो पटक बलियाहरुको मापन गर्ने खेल प्रतियोगिता प्रथम कनकाई पावरलिफटिङ प्रतियोगिता २०८३ हुने भएको छ ।
झापा सुरुङ्गास्थित कनकाई उद्योग बाणिज्य संघको सभाहलमा यहि मंसिर १२ गते शनिवारका दिन आयोजना हुने उक्त प्रतियोगितामा झापाका सबै जिम हाउसबाट ५ जनाका दरले सहभागिता रहने आयोजक न्यु गोल्ड जिम हाउस एण्ड जुम्बा सेन्टरका सञ्चालक तथा यस प्रतियोगिताका अध्यक्ष सुमन श्रेष्ठले आज प्रतियोगिताको वारेमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताको तयारीका वारेमा आयोजकले आजै सुरुङ्गास्थित युनिक क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
यस प्रतियोगितामा विभिन्न तौल समुह ६० केजी मुनि, ७५ केजी मुनि र ८० केजीमाथि गरि कुल ३ तौल समुहका लागि पुरुषहरुका लागि र महिलाहरुका लागि समेत सबै तौल समुह खुल्ला गरि प्रतिस्पर्धा हुने आयोजक समितिका सचिव सुजन समाल मगरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यी सबै तौल समुहमा प्रथम दोस्रो र तेस्रो हुनेलाई नगद ४० हजार, २५ हजार र ११ हजार तथा थप विधागतलाई समेत ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कारको व्यावस्था र प्रमाणपत्र मेडल शील्ड लगायातका गिफ्ट हेम्परहरु रहने आयोजक समितिका कोषाध्यक्ष सुबास समाल मगरलले जानकारी दिनुभयो । यो प्रतियोगिता बलहहुनेहरुका लागि पोखरा, काठमाण्डौ लगायातका क्षेत्रमा प्रख्यात रहेको भएपनि पुर्व क्षेत्रमा भने प्रथमपटक आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
यहि मंसिर १२ गते शनिवार एक्कैदिन सम्पन्न हुने यस प्रतियोगिताका लागि अन्तराष्ट्रिय स्तरको निर्णायकहरुको समेत निमन्त्रणा गरिसकिएको र खेल प्रतियोगिता सञ्चालनका लागि अन्दाजी ८ लाख ८० हजार रुपैँया लाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । नौलो प्रतियोगिता भएपनि युवाहरुको शारिरीक र पोषणको समेत महत्व बुझाउन यस खेलले मद्धत मिल्ने आयोजकले जनाएको छ । खेल हेर्नका लागि जिल्लाभरबाट दर्शकहरु आउने र खेलमा सहभागि र स्वास्थ्यमा चासो र सरोकारराख्ने जुनसुक्कै उमेरसमुहका खेलाडीहरु यस खेल हेर्न आउने आयोजकको विश्वास रहेको छ ।
प्रतियोगिताका लागि स्थानीय कनकाई नगरपालिका, वार्ड कार्यालयहरु, स्थानीय सामुदायिक वन समुह, जिम हाउस, विभिन्न एनर्जी डिङ्स कम्पनीहरु, लगायात खेल मनपराउने संघ संस्था तथा व्यावसायी र सामाजिक सहयोगी दाताहरुबाट आर्थिक सहायता लिइने आयोजकको भनाई रहेको छ ।
सुरुङ्गामा रहेको यस न्यु गोल्ड जिम एण्ड जुम्बा सेन्टरले यस अघि समेत पञ्जा लडाई जस्तो लोकप्रिय खेलको प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
पत्रकार सम्मेलनमा खेल प्रतियोगिताका सल्लाहकारहरु गोविन्द सुवेदी, चिरन बिमली, रोषनसिंह विष्ट, बासुदेव श्रेष्ठ लगायातको आतिथ्यता रहेको थियो ।







सम्बन्धित खबर