कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका १० टेक्रामा रहेको पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा.लि.को अलकत्रा प्लान्टमा हिजो राती अचानक भएको भीषण आगलागिबाट लाखौको क्षति हुनका साथै एकजना घाईते बनेका छन ।
आईतवार साँझ करिव ७ः २० बजेको समयमा विद्युत सर्ट भई प्लान्टको लाइट डिजल आयलको स्टकमा आगलागी भएको थियो ।
आगलागिबाट कालोपत्रे गर्नका लागि त्यहाँ राखिएको साढे ९ हजार लिटर लाइट डिजेल आयल स्टक सबै जलेर नष्ट्र भएको छ । आगलागीबाट अलकत्रा लोड भएको एउटा ट्रकमा समेत क्षति पुगेको छ । को–प्र– ०१००क १८०० नम्बरको ट्रकमा क्षति पुग्दा ट्रकमा मात्रै २ लाख बराबरको क्षति पुगेको हो । यसैगरि सोही ट्रकका चालक माङसेबुङ ३ इलाम घर भएका ३५ बर्षिय काफियात राई सामान्य घाईते बनेका छन । उनको खुट्टा र शरिरमा चोट लागेको छ । सो लागलागिका लागि स्थानीय वाशी, इलाका प्रहरी कार्यालय सुरुङ्गा र झिलझिले, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको बारुण यान्त्रले करिब ६ घण्टासम्म प्रयास गरेर नियन्त्रणमा लिएको थियो ।

आगो नियन्त्रणमा लिए पनि त्यहाँ रहेको साढे ९ हजार लिटर अलकत्रा बनाउन प्रयोग गरिने एलडिओ तेल, दुई ठुला ट्याङकी, अलकत्रा बोक्ने ट्रक समेतमा क्षति पुगेकोले २० लाख बराबरको भौतिक क्षति पुगेको पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक हरि भट्टराईले बताउँनुभयो ।
कनकाई अनलाईनका लागि लीलाराज झापाली र गोपाल पोखरेलको यो रिर्पोट



