कनकाई अनलाईन
देशकै प्रतिष्ठित मध्ये एक मानिने दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मंसिर ५ गतेदेखि १२ गतेसम्म झापाको दुधे रङ्गशालामा हुने भएको छ ।
प्रतियोगिताको आयोजक झापा महिला गोल्डकपले प्रतियोगिताको वारेमा आईतवार आज खेल मैदानमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
शिवसताक्षी नगरपालिका दुधे रङ्गशालामा मंसिर ५ गतेदेखि १२ गतेसम्म हुने महिला गोल्डकपमा नेपालका ३ विभागिय टिम नेपाल पुलिस, आर्मी र सशस्त्रको टिम रहने र विदेशका ३ टिमहरु भारत, भुटान र अन्य एक देशको समेत टिम रहने थप एक ए डिभिजनको टिम गरि कुल ८ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्तोस थ्रोपाले बताउँनुभयो ।
यसैगरी कोशी प्रदेश भरका महिला खेलाडीहरुको छनौट गरी आयोजकले समेत बलियो महिला फुटबल टिम तयार पार्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । महिला गोल्डकपको बिजेताले नगद ११ लाख रुपैँया र उपबिजयी हुने टिमले ५ लाख ५० हजार रुपैँया प्राप्त गर्ने छ ।
त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक लाख ५० हजार रुपैयाँ, प्रतियोगिताका उत्कृष्ट गोलकिपर,उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार प्रदान गरिने छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि १ करोड २५ लाख रुपैँया खर्च हुने आयोजकले जनाएको छ ।
दर्शकका लागि रंगशालाको स्तरोन्नित धमाधम भइरहेको र बाँसको अस्थायी प्यारापिट निर्माण गरिने जनाइएको छ ।
पत्रकार सम्मेलनमा शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थ्रोपा रोषन, उपप्रमुख नरमाया कार्की लगायातको आथित्यता रहेको थियो । अघिल्ला संकरणको भन्दा पुरस्कार राशी बढाइएको यस अघिको संकरण भने नेपाल पुलिस क्लवले जितेको थियो ।



