Kanakai Online

नवमीकै दिन जंगली हात्तीको आक्रमणमा परेर एकको मृत्यु एक घाईते


मङ्गलवार, कार्तिक ४, २०८३ |

कनकाई अनलाईन
आज विहान मंगलवार जंगली हात्तीको आक्रमणबाट झापाको बाह्रदशीमा एकजना वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध घाइते भएका छन् ।

आज बिहान ५.३० बजेतिर बाह्रदशी गाउँपालिका–२ जनता बजारमा मर्निङ वाकमा निस्केकी स्थानीय ७० वर्षीया लजमा खातुनको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घाइते वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ।

दुईवटाको संख्यामा रहेका हात्तीको आक्रमणबाट अर्का वृद्ध घाइते भएका छन्। बाह्रदशीकै चैतन्यबारीस्थित बिरिङ खोलामा हात्तीको आक्रमणबाट स्थानीय अन्दाजी ७३ वर्षीय झप्टु राजवंशी घाइते भएका हुन् । घाइते राजवंशीको स्पाइन एक्स अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ ।







सम्बन्धित खबर